• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भृकुटी कागज कारखानाका मजदुरले तलब पाउने: ललित श्रेष्ठ


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पाउने भएका छन् । १३ वर्षदेखि बन्द भृकुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन काम नलाग्ने भइसकेका छन् ।

    Advertisement

    यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुुनुअघिको तलबभत्ता पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले उक्त तलबभत्ता दिन कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म रकम पाउने सहमति भएको बताउनुभयो ।

    यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । कारखाना १३ वर्षदेखि पूर्ण रूपमा बन्द छ । यो कारखाना चीन सरकारको सहयोगमा नेपाल सरकारले सञ्चालन गर्दै आएको थियो । पछि सरकारले गोल्छा अर्गानाइजेसनलाई बिक्री गरी कारखाना निजीकरण गरिएको छ ।

    कारखानामा कार्यरत मजदुरको तलबभत्ता माग गर्दै ट्रेड युनियनले बेलाबेलामा सङ्घर्ष गर्दै आएका थिए । अहिले पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेको पीडित मजदुरका तर्फबाट आन्दोलनका संयोजक दर्शन सापकोटाले जानकारी दिनुभयो । २०६७ सालअघि र त्यसपछि कारखाना सञ्चालन हुँदादेखि हालसम्मको तलब दिने गरी सहमति भएको सापकोटाले बताउनुभयो ।

    नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये ३२८ कर्मचारीले तलब पाउने भएका हुन् । सम्झौता भएको मितिले असार मसान्तभित्र सबै रकम भुक्तानी गर्ने सहमति भएको छ ।

    २०३७ सालदेखि सञ्चालित यो कारखाना २०४८ सालमा सरकारले निजीकरण गर्ने नाउँमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरेपछि निजी स्तरमा सञ्चालन भएको भृकुटी कागज कारखाना २०६७ मा बन्द भएको हो । यसका करोडौँ मूल्य पर्ने मेसिनलगायतका सामान नष्ट भएर जान थालेका छन् भने अहिले भृकुटी कागज कारखाना खण्डहरजस्तै बनेको छ ।

    स्थानीय स्तरमा गठन भएको नागरिक सरोकार समितिले भृकुटी कागज कारखाना स्थानान्तरणलाई मुख्य मुद्दा बनाएर स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको र त्यहाँका मजदुरलाई तलबभत्ता दिनुपर्ने मुद्दासमेत उठाएर आन्दोलन गरेको संयोजक वेदप्रसाद गौडेलले बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कागज कारखानामा रहेका पुराना संरचना, ग्यास र जस्तापातालगायतले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने बताउनुभयो ।

    जीर्ण अवस्थाको भृकुटी कागज कारखाना गैँडाकोटमा ५६ बिघा क्षेत्रफलमा फैलिएको छ । घना झाडी, पुराना हानिकारक रसायनसमेत रहेको कारखाना स्थानीयको सुरक्षाका लागि खतरा बन्दै गएको सरोकार समितिका सदस्य नारायण सापकोटाले बताउनुभयो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer