• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाल्पामा एउटै गाउँबाट बिक्यो छ करोड बढीको अकबरे


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।

    Advertisement

    अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्षअघि रिब्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउरालीलगायतका स्थानमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको थियो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) को सहयोगमा सुरु भएको अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खुर्सानी खेतीबाट किसानले गर्ने आम्दानी बढेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । “गत वर्ष चार करोडको अकबरे खुर्सानी बिक्री गरिएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष छ करोडभन्दा बढीको बिक्री भइसकेको छ ।” यहाँका किसानले यस वर्ष प्रतिकिलो दुई सयदेखि पाँच सय रुपियाँसम्ममा खुर्सानी बेचेका छन् । किसानले उत्पादन गरेको अकबरे बेच्न पालिकाले विभिन्न स्थानका चाउचाउ कम्पनी तथा अन्य खुर्सानी खरिद गर्ने कम्पनीसँग समन्वय गर्दै आएको छ । पालिकाको समन्वयमा किसानले उचित मूल्यमा अकबरे खुर्सानी बिव्रmी गर्दै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।

    गाउँपालिकाले खुर्सानी खेतीका लागि निःशुल्क बिउ वितरण, प्लास्टिक टनेल, सिँचाइका लागि पाइप वितरण र प्राविधिक सहयोग गर्दै आएको छ । अकबरे खुर्सानी खेतीले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान थप उत्साहित बनेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी भएपछि हरेक वर्ष खेती विस्तार गर्ने किसानको सङ्ख्या र क्षेत्रफलसमेत बढेको गाउँपालिकाकी कृषि प्राविधिक प्रज्ञा लाम्टाङेले बताउनुभयो ।

    अकबरे खुर्सानीले राम्रो आम्दानी दिएपछि किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । अहिलेसम्म अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिइरहेको र आफूहरूको आम्दानीको मुख्य स्रोत खुर्सानी खेती बनेको रिब्दीकोट–३ का किसान लक्ष्मण अर्यालले बताउनुभयो । उहाँले आफूले एक हजार पाँच सय बिरुवाबाट २० क्विन्टल अकबरे उत्पादन गरी बेचेको जानकारी दिनुभयो ।

    किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यका साथ चार वर्षअघि सुरु गरिएको अकबरे खुर्सानी खेतीमा अहिले एक हजार किसान सक्रिय रहेका छन् । अहिले अन्य खेती छाडेर अकबरे खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । वार्षिक एक लाखदेखि १० लाखसम्म आम्दानी गर्ने किसान पनि बढ्दै गएको उहाँले जानकारी दिनुभयो । (गोरखापत्रबाट)

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer