• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उत्तरी ध्रुवबाट जाडो छल्न नेपाल आइपुगे आगन्तुक चरा


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् ।

    Advertisement

    विभिन्न प्रजातिका जलपन्छी जाडोयाम बिताउन कैलाली र कञ्चनपुरमा रहेका सिमसारमा आइपुगेका हुन् । आगन्तुक ती चराको थातथलोमा अत्यधिक हिउँ परेर खान, बस्न समस्या हुने गरेका कारण जाडोयाममै यहाँका सिमसारमा आउने गरेका छन् ।

    कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा रहेको घोडाघोडी तालसहित तल्लो कर्णाली तटीय क्षेत्र, कञ्चनपुरको पुरैनी ताललगायतका सिमसारमा आगन्तुक चरा आइपुगेका हुन् । नेपालको भन्दा साइबेरिया, मङ्गोलिया र रसियामा अत्यधिक चिसो हुने गरेका कारण चिसो छल्न त्यहाँका चरा यहाँ आउने गरेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवालगायतका आगन्तुक चरा नेपालका सिमसारमा आइसकेका छन् । तालतलैया तथा नदीनालामा आगन्तुक चराको चहलपहल बढेको छ ।

    डङ्गौराले भन्नुभयो, “अबको छ/सात महिना आगन्तुक चरा यतै रहन्छन् ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् । यहाँ आएका चरा मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् । हिउँदयाममा हरेक वर्ष आगन्तुक जलपन्छीको गणना हुने गर्छ । नेपालका विभिन्न सिमसारमा हरेक वर्ष आगन्तुक जलपन्छी आउने गरे पनि सङ्ख्या भने घट्दै गइरहेको चराविद्को भनाइ छ । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमै आगन्तुक पानीचरा पहिलेभन्दा अहिले कम आउने गरेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष एवं चराविद् डिआर चौधरीले बताउनुभयो ।

    घोडाघोडीमा चराको बासस्थान मासिनु, सिमसारको स्वरूप बिग्रिनु र खानाको कमी हुनु सङ्ख्या घट्दै जानुको मुख्य कारण रहेको उहाँको तर्क छ । घोडाघोडीमा संरक्षणकै नाममा चराहरू घटिरहेको उहाँले जिकिर गर्नुभयो । चौधरीले भन्नुभयो, “व्यवस्थापनका नाममा झारपात र घाँस उम्रेर चरा बस्ने, रमाउने, खाना खोज्ने ठाउँ छैन ।”

    घोडाघोडी ताललाई कमलले ढाकिसकेको छ । त्यस्तै तालको उत्तरतर्फको भागमा मिचाहा प्रजातिको वनस्पति बढेको छ । तालभित्रै धेरै झारपात उम्रेर अक्सिजनको कमी भएको चौधरीको दाबी छ । उहाँले समुद्रको खुला पानीमा रमाएर आउने चराका लागि खेल्ने, बस्ने उपयुक्त ठाउँ नरहेको उल्लेख गर्नुभयो । चौधरीले भन्नुभयो, “सिमसार क्षेत्र नै फरक भएका कारण आगन्तुक चरा घटिरहेका छन् ।”

    चराको बसोबास व्यवस्थापनका लागि घोडाघोडी तालको बिच भागमा रहेको झारपात निकाल्नुपर्ने चराविद्को भनाइ छ । यसै गरी तालको एकातिर घाँसे मैदान र अर्कातिर छिपछिपे पानीसहित सिमसार व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याइएको छ ।(गोरखापत्रबाट)

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer