काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज पहाडी इलाकामा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
आज राति पनि पहाडी भेगका थोरै ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ।




