• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हुम्लीलाई सधैँ टिकटको सास्ती, सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रु समस्यामा


  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । हुम्लाका नागरिकलाई यतिबेला जिल्लाबाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या हुने गरेको छ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटदेखि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत, पोखरा, बुटवल लगायतका शहर पुग्न समस्या हुने गरेको हो । दशैँ, तिहार मनाउन घर आएका नागरिक यतिबेला आ–आफ्नो गन्तव्यमा जानका लागि सिमकोट विमानस्थलमा धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका हुन् ।

    Advertisement

    नेपालगञ्जबाट हप्ताको एकदिन मात्रै उडान गर्दै आएका सीता, समिट र ताराले दैनिक उडान नगर्दा यहाँका नागरिकले समस्या भोग्नु परेको छ । तारा एयरले हप्तामा सोमबार, सीता र समिट एयरले बुधबार एकदिन मात्रै उडान गर्दा यहाँका नागरिक मर्कामा परेका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हप्तामा दुई दिन सोमबार र मंगलबार उडान गरे पनि यहाँका नागरिक थप समस्या हुने गरेको छ । अन्य समय नेपालगञ्ज, सुर्खेतदेखि दैनिक उडान गर्दै आएका निजी एयरले यो समयमा पूर्वका जिल्लामा नाफामुखी उडान गर्दा विरामी, विद्यार्थी, कर्मचारी र सर्वसाधारण यसको मारमा परेका छन् ।

    हप्ताको एक दिन नेपालगञ्जदेखि उडान गर्दै आएका एयरलाइन्सले आफ्नो नजिकका लाई मात्रै टिकट वितरण गरेर जिल्ला बाहिर पठाउँदा पहुँच नभएका सर्वसाधरणले वर्षेनी यो समस्या भोग्दै आउनुपरेको छ । निजी एयरलाइन्सका कर्मचारीले कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो पोखेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् ।

    तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोटा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ । नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधारणको गुनासो छ ।

    यतिबेला सिमकोट विमानस्थलमा बिरामीले समेत जिल्ला बाहिर जान नपाएको गुनासो पोखेका छन् । विरामीसँगै कुरुवा पनि जान पाएका छैनन् । विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका-८ का जय कामीले, आफ्नो छोरीको दुईवटै मिर्गाैला फेल भएर उपचारका लागि जिल्ला जान टिकटको खोजीमा पुगे पनि बिरामीको मात्रै पाएको कुरुवा आफ्नो नपाएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले रिफर गरेको कागज पेस गर्दा धौ-धौ गरी एक टिकट पाएको कामीले बताउनुभयो । बिरानो ठाउँमा उपचारका लागि जाँदा बिरामी कुरुवा टिकट नपाएको उहाँले बताउनुभयो ।

    सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको सरकारी कोटाको दुईवटा टिकटको दुई दिन हुने उडानमा चारजना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । सोमबार दुई बिरामी र मंगलबार दुईजना बिरामी पठाउने बताइएको छ । नेपाल एयरलाइन्सले १३ जना यात्रु बोक्ने भए पनि टिकट लाइनमा राखेर वितरण गर्दै आएको बताइएको छ । हुम्लाका लागि उडान तालिका भए पनि सोमबार नेपाल एयरलाइन्सले आफ्नो उडान गर्न नसकेको हो । हुम्लाको उडान नभएर जुम्ला उडान गरेको छ ।

    नेपाल एयरलाइन्सले हुम्लाबाट एक उडान कर्णाली प्रदेश राजधानी सुर्खेत गर्नुपर्ने सहमतिसमेत भएको थियो । उडान नहुँदा यात्रु मर्कामा परेका छन् । नेपाल एयरलाइन्सले दुई हप्तादेखि सिमकोटदेखि सुर्खेत र सुर्खेतदेखि सिमकोटको उडान रद्द गर्दै आएको छ । सोमबार भिआइपीहरूले नेपालगञ्जबाट जुम्लाको उडान राख्न लगाएपछि सिमकोट सुर्खेतको उडान रद्द भएको हो । सिमकोटबाट सुर्खेत जाने यात्रुहरूलाई टिकट वितरण गरिसकेको अवस्था भए पनि उडान रद्द भएको नेपाल एयरलाइन्स सिमकोट कार्यालयले जनाएको छ ।

    पाल्पा जिल्लामा कृषि प्राविधिक विषयको अध्ययन गर्दै आउनुभएका सिमकोट गाउँपालिका-२ ठेहे गाउँका सन्देश बोहराले आफ्नो अन्तिम फाइनल परीक्षा दिन जानका लागि हप्ता दिनसम्म विभिन्न एयरलाइन्सका कार्यालयमा धाउँदा पनि टिकट नपाएको गुनासो पोख्नुभएको छ । यही कात्तिक २९ गते परीक्षा भए पनि टिकट नपाएको विद्यार्थी बोहराको गुनासो छ । सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।(Himalaya times)

    बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer