• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कृषि मन्त्री अधिकारी र मेक्सिकोका मन्त्री बर्डेगाबीच भेट


  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिकोका कृषि तथा ग्रामीण विकास सचिवालय (मन्त्रालय) मन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन गर्न र सिमिट र नेपाल सरकारबीच दिगोरूपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यसाथ नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहनुभएका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच उक्त भेटवार्ता भएको हो ।

    Advertisement

    सो अवसरमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापनादेखि नै दुर्ई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो । दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिबिम्बित भएको भन्दै उहाँले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट समग्र कृषि विकासमा लगानी खोजी गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । मन्त्री अधिकारीले नेपाल सरकारतर्फबाट मेक्सिको सरकारलाई मेक्सिकोका पर्यटकका लागि नेपाललाई प्राथमिकताको भ्रमण गन्तव्यका रूपमा लिन र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकतासाथ बजार पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्नुभयो ।

    मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा. ब्राम गोभाएर्ट्सबीच पनि भेट्वार्ता भएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको भन्दै आगामी दिनमा पनि नेपाल सरकारसँग संयुक्तरूपमा परियोजना प्रस्ताव विकास गर्न, गतिविधि सुरु गर्न आग्रह गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।

    सन् १९८५ मा नेपाल सरकार र सिमिटबीच औपचारिक साझेदारी भए तापनि सन् १९६० देखि नै सहकार्य भइआएको छ । सिमिटबाट विकसित नयाँ जात प्रयोगबाट तराई क्षेत्र र पहाडमा मकै र गहुँको उत्पादकत्व उल्लेखनीयरूपमा बढेको छ ।

    बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer