काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम अन्तर्गतका क्लवहरु लायन्स क्लव अफ काठमाडौ वाईसधारा, लायन्स क्लव अफ काठमाडौ साझा फुलवारी र लायन्स क्लव अफ काठमाडौ सर्भेयर नेपालले काठमाडौंमा निःशुल्क दन्त परिक्षण सेवा प्रदान गरेको छ । राजधानीको पकनाजोल स्थित प्रसिद्द युवक माध्यमिक विद्यालयमा ३५० वढी विद्यार्थीलाई दन्त परिक्षण सेवा प्रदान गरिएको कार्यक्रमकी संयोजक शिक्षिका संगिता थापाले वताउनु भयो । उक्त कार्यक्रमको सम्पुर्ण प्राविधिक सहयोग ॐ समाज डेन्टल अस्पतालले गरेको थियो ।
शिक्षिका संगिता थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका पुर्व गभर्नर महेन्द्र पौडेल, अतिथीहरु डिपार्टमेन्ट चिफ मन्दिरा खनाल, क्लस्टर चिफ देवेन्द्र सारुमगर, जोन चियरपर्सनहरु भवानी खतिवडा र राम कुमार मानन्धर, अस्पताल तर्फवाट धन प्रसाद घिमिरे, क्लव अध्यक्षहरु सुमित्रा केसी, आनन्द वुर्लाकोटी लगायत अन्य लायन्स सदस्यहरुका साथै युवक माध्यमिक विद्यालयका सम्पुर्ण शिक्षक-शिक्षिका लगायतको उपस्थित रहेको उक्त कार्यक्रमको संचालन एडिसनल क्याविनेट सेक्रेटरी ईश्वर अर्यालले गर्नु भएको थियो ।
ॐ समाज डेन्टल अस्पतालको तर्फवाट वोल्दै धन प्रसाद घिमिरेले, लायन्स क्लवहरुको सहकार्यमा मानविय सेवा गर्न पाउदा अस्पताल परिवार निक्कै खुशी रहेको वताउनु भयो ।
डिष्ट्रिक्ट ३२५ एम को यसवर्षको स्लोगन “Together we can” अनुसार क्लव वाईसधारा, साझा फुलवारी र सर्भेयर नेपालले बिबिध सामाजीक सेवाका कार्यहरु एकसाथ गर्दै आईरहेको छ । यसअघि पनि गत कार्तिक ९ गते शुक्रवार लायन्स क्लवहरु वाईसधारा, साझा फुलवारी र सर्भेयर नेपालले डिपार्टमेन्ट चिफ मन्दिरा खनालको संयोजकत्वमा क्यूपिड चिल्ड्रेन होम एकेडेमी वालुवापाटी काठमाडौंमा निःशुल्क दन्त परिक्षण सेवा प्रदान गरेको थियो ।
डिष्ट्रिक्ट ३२५ एम ले लायन वर्ष २०२४/२५ को सुरुवात देखिनै सामाजीक आवश्यकता हेरि बिबिध सामाजीक कार्यहरु गर्दै आईरहेको छ ।
विशुद्द सामाजीक सेवामा समर्पित लायन्स ईन्टरनेशनलमा विश्व भरमा चौध लाख भन्दा बढी सक्रिय सदस्य रहेका छन भने हाल ४९ हजार बढी क्लव रहेको यो संस्था विश्वका २०० बढी राष्ट्रमा फैलिएको छ ।






