• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

त्रिविमा उपप्राध्यापकको परीक्षा लोक सेवाले लिने


  •   शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ ।

    Advertisement

    आंशिक प्राध्यापकको आन्दोलनको डरकै कारण खुला प्रतिस्पर्धाबाट छनोट गर्न लागेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको जिम्मेवारी त्रिविले लोक सेवा आयोगलाई दिएको छ ।

    आफ्नै सेवा आयोग भए पनि आफूले परीक्षा सञ्चालन गर्दा असुरक्षित तथा अमर्यादित हुन सक्ने देखेपछि त्रिविले यी पदको परीक्षा सञ्चालनको जिम्मेवारी आयोगलाई दिएको हो । यसअघि त्रिविले आवश्यक पर्ने सम्पूर्ण जनशक्ति भर्नाको काम त्रिवि सेवा आयोगमार्फत गर्दै आएको थियो ।

    त्रिविमा पछिल्लो समय २०७७ सालमा उपप्राध्यापक पदका लागि खुला आवेदन आह्वान गरिएको थियो । उक्त आवेदन अनुसार अहिलेसम्म लिखित परीक्षा सञ्चालन गर्न सकिएको छैन । विगतमा आफैँले परीक्षा सञ्चालन गर्न खोज्दा शिक्षक तथा विद्यार्थीको समूहले विभिन्न माग तेस्र्याएर परीक्षा बिथोल्न खोज्ने तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी नै गर्ने क्रम चलेपछि यस्तो निर्णय लिइएको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनुभयो ।

    त्यतिखेर मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा, वन विज्ञानलगायतका सङ्कायका लागि कुल ५८१ वटा उपप्राध्यापक दरबन्दीका लागि खुला विज्ञापन आह्वान गरिएको थियो । उक्त विज्ञापन अनुसार २०७७ सालमै परीक्षा सञ्चालन गर्न खोज्दा विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले आन्दोलन गरेपछि रोकिएको थियो ।

    संविधानमा भने विश्वविद्यालय र शिक्षक सेवा आयोगको परीक्षा सञ्चालनमा लोक सेवाको संलग्नता नरहने स्पष्ट छ । संविधानको धारा २४३ मा लोक सेवा आयोगको काम कर्तव्य र अधिकार उल्लेख छ । त्रिवि सेवा आयोग कार्यालयका प्रमुख केदार ढकालले भने अहिलेको विशेष परिस्थितिमा मात्रै लोक सेवालाई परीक्षा सञ्चालनको जिम्मेवारी दिएको बताउनुभयो । “लोक सेवालाई परीक्षा चलाउन दिने त्रिविको निर्णयविरुद्ध अदालतमा रिटसमेत परेको थियो तर अदालतले निवेदको मागबमोजिम अन्तरिम आदेश नदिएपछि अहिलेको परीक्षा लोक सेवाबाट नै सुचारु हुने छ,” ढकालले भन्नुभयो, “अब विज्ञापन भएपछि परीक्षा कसरी चलाउने भन्ने विषयमा थप छलफल होला ।”

    आफूहरूलाई करारमा नियुक्त गर्नुपर्ने माग गर्दै त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरू लामो समयदेखि आन्दोलनमा छन् । पछिल्लो समय आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने विषयमा कार्यदल बनाएर त्रिविले क्याम्पस तथा विभागहरूमा अध्ययन गरिरहेको छ ।

    अर्को विज्ञापन छिट्टै

    खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तथा कर्मचारी छनोटको काम रोकिएपछि त्रिविले फेरि तत्काल ठुलो सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्नाको आवेदन खुलाउने तयारी गरेको छ ।

    शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार झन्डै सात सयको सङ्ख्यामा उपप्राध्यापक तथा कर्मचारी भर्ना आह्वान हुँदै छ । पछिल्लो २०७७ सालमा आह्वान गरिएको विज्ञापन अनुसार पनि आवेदन दिएकामध्ये अति न्यून मात्रामा मात्रै उम्मेदवार परीक्षामा सहभागी भएका छन् ।

    केसीका अनुसार हाल सञ्चालन भएका विषयका परीक्षामा मुस्किलले २० प्रतिशत जति उम्मेदवार मात्रै परीक्षामा बसेका छन् । उहाँले भन्नुभयो, “कोही विदेश जानुभयो होला । कोही अरू नै क्षेत्रमा रोजगारीमा जानुभयो होला । त्यसको प्रभाव अहिलेको परीक्षामा देखियो ।”(गोरखापत्रबाट)

    शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer