काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम अन्तर्गतको क्लव, लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीले काठमाडौं धुम्वाराहीमा रहेको धुम्वाराही लायन्स वृद्दा आश्रमका आश्रीत आमाहरुलाई खाना खुवाउने कार्य गरेको छ । लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका आजीवन सदस्य राम बहादुर बिष्टको सुपुत्र मनोज बिष्टको शुभ जन्मदिनको अवसरमा उक्त सेवा-भावको कार्य गरिएको संयोजक कमल बहादुर खत्रीले बताउनु भयो ।
लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका अध्यक्ष आनन्द वुर्लाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी डिष्ट्रिक्ट ३२५ एम का सेकेण्ड भिडिजी लायन रत्न पराजुली, अतिथीहरु पुर्व गभर्नर महेन्द्र पौडेल, तारा त्रिपाठी, वलराम प्याकुरेल, टंकनाथ पौडेल, ईश्वर अर्याल, ऋषिमाया पोख्रेल, राम शरण ढकाल, कमल बहादुर खत्री, टिका कुमार विसी, प्रकाश शर्मा, दिपेन्द्र विर शाही, प्रविण महर्जन लगायत लायन्स लिडरहरुको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा, हाल अष्ट्रेलियामा अध्ययनरत मनोज विष्टलाई प्रमुख अतिथी पराजुली लगायतले जन्मदिनको शुभकामना दिनुहुदै, विदेशमा रहदा पनि उच्च सेवा भावना राख्ने मनोजलाई उज्वल भविस्यको कामना गर्नुभएको थियो । कार्यक्रममा हंगर रिलिफ चिफ बलराम प्याकुरेलले मनोज विष्टलाई शुभकामना दिनुहुदै, दुख र आवश्यकतामा सेवा दिनु नै हामी लायन्सहरुको असली धर्म रहेको बताउनु भयो ।
उपस्थित सबैलाई धेरै धेरै धन्यवाद दिदै धुम्वाराही लायन्स वृद्दा आश्रमका संचालक समाजसेवी धनराज भडेलले आफु र यस संस्थालाई शुरुआती दिनदेखीनै लायन्स क्लवहरुको अतुलनिय सहयोग रहेको वताउनु भयो ।
यसअघी पनि लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीले समाजको आवश्यकता हेरी बिबिध सामाजीक क्षेत्रमा सेवाको कार्यहरु गर्दै आईरहेको छ ।





