• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ १९, २०८३
☰
मङ्गलबार, जेठ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मरुवा रोगका कारण किसान चिन्तित

  • ५. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ७. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

कफीको मूल्य निर्धारण


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस वर्षका लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८१/०८२ को मंसिर १ गतेदेखि लागू हुने गरी यस वर्षको कच्चा कफीको मूल्य निर्धारण गरेको हो । जसअनुसार फ्रेस चेरी कफी ए ग्रेडको प्रतिकेजी एक सय पाँच रुपैयाँ, ग्रेड ‘बी’ को प्रतिकेजी ९५ रुपैयाँ, पार्चमेन्ट कफीतर्फ ग्रेड ‘ए’ को प्रतिकेजी पाँच सय ३५ रुपैयाँ र ग्रेड ‘बी’ को प्रतिकेजी चार सय ८२ रुपैयाँ तोकिएको छ ।

    Advertisement

    त्यस्तै ड्राई चेरी कफीतर्फ ग्रेड ‘ए’ प्रतिकेजी दुर्ई सय ८० र ग्रेड ‘बी’ प्रतिकेजी दुई सय ४७ रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक वेनुप्रसाद प्रसाईले जानकारी दिनुभएको छ ।

    भन्सार विभागको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख बराबरको चार सय ५० मेट्रिक टन कफी आयात भएको थियो भने गत आर्थिक वर्ष २०८०/०८१ मा १४ करोड ९२ लाख बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख बराबरको चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा नेपालभर ५०१.३ मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ भने छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । हालसम्म देशभर कुल चार हजार तीन सय नौ हेक्टरमा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी निर्यात भएको छ ।

    नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रभन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै तीन गुणा बढी मूल्य नेपाली कफीले पाउने गरेको हो । अन्तर्राष्ट्रिय कफी संगठन(आइसिओ) को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २२ सय मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्चरूपमा माग बढेको देखाउँछ ।

    आन्तरिक उत्पादनले एक महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दैनिकजसो कफी सेवनकर्ताको माग बढ्नु र युवाको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाका कारण कफीको माग बढ्दै गएको हो ।

    समग्र कफी क्षेत्र प्रवद्र्धन र संरक्षण गर्दै कफी क्षेत्रमा युवा पुस्ता आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई कफी इस्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने बोर्डले जनाएको छ । २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा सार्वजनिक निजी क्षेत्रलाई थप लगानी गर्न आहृवान गर्नुभएको छ ।

    भविष्यमा कफीको क्षेत्र विस्तार, उत्पादकत्व अभिवृद्धि, मूल्य शृंखला विकास तथा मूल्य अभिवृद्धि, गुणस्तरीय उत्पादनका लागि असल कृषि अभ्यास तथा प्रांगारिक प्रमाणीकरण तथा निर्यात तथा आन्तरिक बजार प्रवद्र्धनलगायतका कार्य योजनाबद्धरूपले समन्वयात्मक रूपमा लगिने, कफी क्षेत्रको विकास तथा विस्तारका लागि तीनवटै तहका सरकारबीच एकीकृत कार्यक्रम तर्जुमा गर्दै बोर्ड तथा संघीय सरकार कफी क्षेत्रको नीतिगत सुधार, गुणस्तर अभिवृद्धि, आन्तरिक बजार तथा निर्यात प्रवद्र्धनमा थप सशक्त ढंगले बोर्ड अघि बढ्ने कार्यकारी निर्देशक प्रसाईले बताउनुभएको छ ।

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १६ गते (३०

    • २.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ३.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ४.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ५.
      आज २०८३ साल जेठ १५ गते (२९

    • ६.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    • ३.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ५.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ८.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer