काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका पहाडी इलाकामा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी तथा पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव छ।
आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।




