• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बारामा प्रसिद्द गढीमाई मेला सुरु


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ । प्रत्येक पाँच वर्षमा लागने गढीमाई मेला यसपटक असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभारम्भ भएको भए पनि विधिवत् रूपमा मङ्सिर १ गतेदेखि विशेष पूजाको आयोजना गरी मङ्सिर २३ गते पशुवली दिएपछि समाप्त हुने छ ।

    Advertisement

    एसियामा मात्र नभई विश्वमा पशुवलीका लागी प्रख्यात रहेको गढीमाई मेला मुख्यतः पशुवलीका लागी प्रख्यात भए धेरैलाई थाहा नहोला नरवलीको रूपमा मुख्य तान्त्रिकले आफ्नो मानव शरीरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ । मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परा लाई नरवली भनिए पनि बली होइन, मानव रगत चढाउने परम्परा हो

    मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि सर्वसाधारणले वली दिन पाउने छन् । परम्परा र मान्यता अनुसार हिन्दु धर्म, संस्कृतिमा पशुवलीलाई शक्तिसँग जोडिएर हेर्दै आएको मूल पुजारी मङ्गल चौधरीको भनाइ छ ।

    पस्र्वकालदेखि रौतहटको गुजर नगरपालिका सिमरी गाउँका लोकतान्त्रिक दुखन धामी कछडियाले मुलपुजारी चौधरीसँग मिलेर गढीमाईको विशेष पूजा आराधना गरेर धामीले आफ्नो शरीरको पाचँ स्थानबाट निकालेर नरबली स्वरूप रगत चढाउँदै आउनुभएको थियो । मूल तान्त्रिक धामीको कहीँ दिन अगाडि मृत्यु भएपछि मान्यता अनुसार यस पटक उहाँको जेठो छोरा उंमाशङ्करले आफ्नो बुवाको परम्परालाई निरन्तरता दिँदै आफ्नो शरीरको पाँच भागको रगत गढीमाईलाई चढाउने भएका छन् ।

    त्यसअघि रातभरी मन्दीरमा पूजा आराधना भएपछि पूजा आराधनाको प्रभावले ब्रह्मस्थानमा रहेको बत्ती आफैँ बल्छ, बत्ती बलेपछि मात्र पञ्चबली दिने गरिन्छ । मङ्सिर २३ गते तान्त्रिक विधिबाट दीप प्रज्ज्वलन गरी गढीमाई मन्दिरको पूर्वपट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्चवली दिएपछि पशुवली सुरु हुने गरेको मूल पुजारी चौधरीले बताउनुभयो ।

    गढीमाईको सिमानाका भनिएको पसहा खोला पारगरेपछि जुनसुकै ठाउँमा सानो बलीको रूपमा बोका, कुखुरा, हाँस, परेवाको बली दिने चलन रहे पनि ठुलालीको रूपमा हजारौँको सङ्ख्यामा बली चढाइने राँगा भैँसी पाडा र सुगरका लागि छुट्टै सुरक्षित र व्यवस्थित वधशालाको निर्माण गरिएको छ ।

    महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलालाई व्यवस्थित र सुरक्षित गर्न तथा भक्तजनहरूको सुविधाका लागि आवास तथा शौचालयको पर्याप्त व्यवस्था मिलाइएको र विभिन्न उपसमितको गठन गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।(गोरखापत्र)

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer