• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्यटकसंगै रमाएको म्याग्दीको दुर्गम टिकोट गाउँ


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एक दशक अघिसम्म अनकन्टार लेकाली गाउँ भनेर हेपिएको म्याग्दीको टिकोट गाउँ अहिले सवैको आकर्षण बनेको छ ।
    जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको हो ।

    Advertisement

    पर्वत र म्याग्दीका पर्यटकीय स्थलहरुलाई समेटीएको अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटीएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क तवरले परम्परागत ढुंगेघरहरु मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

    धौलागिरी रेन्जका सबैजसो हिमशृङ्खलालाई एकैठाउँबाट अवलोकन गर्न पाईने यहाँको प्रमुख आकर्षण हो । वरिपरि जंगलले घेरिएको भएकाले यहाँ पुग्ने पर्यटकहरुको लागि यस सिजनमा राताम्मे फुल्ने लालिगुराँस थप आकर्षण रहेको छ । यहाँ भ्रमण गर्न आउने पर्यटकको सुबिधाका लागि टिकोटबासीले डायनिङ हलमा खाना खाने र घरघरमा सञ्चालन गरिएको होमस्टेमा बास बस्ने व्यवस्था गरेका छन् ।
    यहाँ करिब सय घरधुरीको बसोबास रहेको छ । म्याग्दीको घुमाउनेतालबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायीक पदमार्ग अन्र्तगत बासखर्क– डाँडाकटेरी, नागी, मोहरेडाँडा पुगेका पर्यटकहरु फुलवारी हुँदै टिकोट पुग्ने गर्छन् ।

    टिकोट पुग्नको लागि बेनी–जोमसोम सडक खण्ड अन्र्तगत बैसरी र तिप्ल्याङबाट समेत सजिलैसंग पुग्न सकिन्छ । मगर समुदायको बाहुल्यता रहेको टिकोटका बासिन्दाले परम्परागत घरहरुमा पर्यटकका लागि कोठाको व्यवस्था गरेर होमस्टे सञ्चालन गरेका हुन् । मगर समुदायको बाहुल्यता रहेको टिकोट गाउँमा पर्यटकहरुको लागि पुख्यौली नृत्य थप आकर्षण रहेको छ ।
    म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको कारण दुर्गम टिकोट गाउँ पर्यटकीय गाउँमा परिणत भएको छ ।
    ।
    “पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटकहरु भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका वासिन्दाहरु अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख छन् । गाउँमा होमस्टे (घरवास सेवा) संचालन भएका छन्,स्थानीय उत्पादनको विक्रि बढेको छ,गाउँलेको आम्दानीमा वृद्धि भएको छ” अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष समेत रहनुभएकी स्थानीयवासी केशमाया मगरले बताउनुभयो ।
    आठ वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताउनुभयो ।

    सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।

    पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले जानकारी दिनुभयो ।

    पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् ।

    एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ ।
    ‘गाउँमै सडक आएको छ,गाउँलेहरुलाई सडकले सुविधा भएको छ भने घुम्न आउने पर्यटकहरु पदमार्गमार्फत आवतजावत गर्ने गर्दछन्’ स्थानीय ६४ वर्षिया गंगा पुनले भन्नुभयो “गाउँमा यस्तो परिवर्तन आउला भनेर मैले त सपनामा पनि सोचेकी थिइन ।”(Himalaya times)

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer