• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लुम्बिनी प्रदेशका १२ जिल्लाका सम्पदालाई पर्यटन सर्किटमार्फत जोडिँदै


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका सम्पदालाई पर्यटन सर्किटमार्फत जोड्ने बताउनुभएको छ । प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने आधार पर्यटन क्षेत्र भएकोले यहाँका सम्पदालाई पर्यटनसँग जोड्ने योजना प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्रीको भनाइ छ ।

    Advertisement

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनमा विशेष ध्यान दिएको दाबी गर्नुभयो । बुटवल उपमहानगरपालिका–१२ मा रहेको ऐतिहासिक मुक्तिनाथधाम क्षेत्रको शनिबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले ऐतिहासिक महत्व बोकेका धाम तथा मठमन्दिरको संरक्षण, संवर्धन र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर नेपाल–भारत सीमानाकामा एकीकृत जाँचमार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न स्थानमा हुने पटके जाँचलाई घटाउने र पर्यटनमैत्री बनाउने योजना पनि सरकारले बनाइरहेको छ । यो वर्ष ‘घुमौँ बर्दिया’ को अभियान पनि थाल्ने योजना रहेको छ ।” लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट रोल्पाको रुन्टिगढी (होलेरी), पाल्पाको ख्याहा, दाङको देउखुरीको देवीकोट, अर्घाखाँचीको नरपानी र पश्चिम नवलपरासीको महलपोखरी क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न हिल स्टेसनका रूपमा विकास गर्न आवश्यक रकमसमेत विनियोजन गरेको छ ।

    मुख्यमन्त्री आचार्यले स्थानीय तहसमेतको समन्वय र सहकार्यमा प्राचीन स्मारक तथा पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा, पर्यटकीय स्थलको संरक्षण, प्रवर्धन र अभिलेखीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेकोसमेत बताउनुभयो ।

    त्यसै गरी प्युठानको स्वर्गद्वारी, गुल्मीको रेसुङ्गा अर्घाखाँचीको सुपादेउराली, दाङको पाण्डवेश्वर, बाँकेको बागेश्वरी र बर्फानीका बाबाधामलगायतका प्रदेशका महìवपूर्ण धार्मिक स्थलको संरक्षण र प्रवर्धन गर्ने लुम्बिनी प्रदेश सरकारको योजना छ ।

    प्रदेश सरकारले कालीगण्डकी नदीको शालिग्रामको महिमा दर्शाउन रुरुक्षेत्रमा स्थानीय तहको सहकार्यमा शालिग्राम महोत्सव तथा पूर्वीय दर्शनका विज्ञको सन्त सम्मेलन आयोजना गरी रुरुक्षेत्रको धार्मिक पर्यटन प्रवर्धन गर्न चालु आवको बजेटमा रकमसमेत विनियोजन गरेको छ ।(गोरखापत्र)

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer