• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा भित्रिए ३३ हजार बढी पर्यटक


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सुन्दर प्राकृतिक वनावटका कारण आकर्षक पर्यटकिय गन्तव्यको रुपमा देश-विदेशमा चर्चित छ अन्नपूर्ण संरक्षण क्षेत्र । यो क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। सन् १९९२ मा स्थापना भएको यस क्षेत्रले ७,६२९ वर्ग किमी (२,९४६ वर्ग माइल) क्षेत्रफल ओगटेको छ । यस अन्तरगत ८,००० मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण्डकी नदीको खोंच, नेपालको सबैभन्दा बढि तथा कम पानी पर्ने ठाउँहरू पर्दछन् । हालसम्ममा यो नेपालको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य स्थल पनि हो।

    Advertisement

    नेपाल प्रकृति संरक्षण कोष अर्न्तर्गत स्थापना भएको यस संरक्षण क्षेत्र आयोजनाले कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका ५६ वटा गा.वि.स. हरूमा (पुरानो तथ्याङ्क) काम गदै आईरहेको छ । २०४३ साल मंसीर देखि परीक्षणका रूपमा कास्की जिल्लाको घान्द्रुकबाट काम गर्न शुरु गरी २०४९ साल श्रावणमा नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकि सो क्षेत्रको ब्यवस्थापन गर्ने जिम्मा तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण क्षेत्र आयोजनालाई दिएको थियो । हाल यस आयोजनाले आंशिक र पुरै गा.वि.स. गरी कास्की जिल्लाको उत्तरी क्षेत्रका १७ वटा गा.वि.स.हरूमा काम गदै आईरहेको छ

    अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने पर्यटकको संख्या हरेक वर्ष बढ्ने गरेको देखिन्छ । यस्तै गत कात्तिक महिनामा ३३ हजार तीनसय १० विदेशी पर्यटक भित्रिएका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६ सय ७८ र अन्य मुलुकका २१ हजार ६ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

    आयोजनाका अनुसार गत साउन देखी ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन्। गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए। गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ।

    गत असोजयता पर्यटकको आवागमन बढेको आयोजनाको भनाइ छ । असोजमा ३० हजार सातसय ३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए। जसमा एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सातसय ४७ पर्यटक थिए। अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको छ। सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक एक्यापका विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन्।

    हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको उनको भनाइ छ। दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको आयोजनाले बताएको छ ।

    सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ।

    पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ।

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer