• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिनामंगलको हवाई इन्धन डिपो गुहृयेश्वरी सारिँदै


  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल आयल निगमले काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो अन्यत्र सार्ने भएको छ । सिनामंगलको घना बस्तीका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै डिपो जोडिएका कारण अधिक जोखिम बढेपछि सरकारको निर्देशनअनुसार निगमले डिपो स्थानान्तरण प्रक्रिया सुरु गरेको हो । उक्त डिपो ५० वर्षअघि निर्माण भएको थियो । हालको स्थानबाट अन्यत्र डिपो सारेर निर्माण कार्यका लागि विस्तृत परियोजना अध्ययन(डिपिआर)का लागि निगमले पुल्चोकस्थित इञ्जिनियरिङ संस्थानलाई जिम्मा दिएको छ ।

    Advertisement

    डिपिआरका लागि संस्थानको कन्सल्टेन्सी सेवा विभाग र आयल निगमअन्तर्गतको सिनामंगलस्थित हवाई इन्धन डिपोबीच बुधबार द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा निगमतर्फबाट डिपो प्रमुख प्रदिप यादव र संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा डिपो प्रमुख यादवले तत्कालीन समयमा निर्माण भएको डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन नसकेकाले नयाँ मापदण्डअनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको बताउनुभयो । यादवका अनुसार डिपिआर गर्न छ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डिपिआर र डिपिआरमा लाग्ने खर्च एक करोड ९८ लाख रुपैयाँ विनियोजनसमेत गरिसकेको छ ।

    डिपिआरपछि बजेट व्यवस्थापन गरी निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाइने र डिपो निर्माण आगामी वर्ष २०८४ मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ । यसअघि एक जर्मन कम्पनीले गरेको डिपिआरअनुसार डिपो सार्न छ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो । त्रिभुवन विमानस्थल परिसरमै हवाई दुर्घटना बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि हवाई इन्धन डिपो अन्यत्र सार्न निगमलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनसँगै डिपो सार्ने विषयमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका साथै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितको टोलीले स्थलगत भ्रमण गरी भवितव्य जोखिम विचार गरी सार्न निगमलाई सुझाव दिएको थियो । मन्त्रिपरिषद्को बैठकले पनि एक वर्षभित्र डिपो सार्न निगमलाई निर्देशन दिएको थियो ।

    हवाई इन्धन डिपोका कारण सिनामंगल र जागृतिनगरका हजारौं घर उच्च जोखिममा रहे पनि यसअघि निगमले डिपो सार्न खासै चासो देखाएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न निगमलाई आग्रह गर्दै आएको थियो ।

    विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजसमेत उच्च जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन समिति(आइकाओ)ले पनि डिपो सेफ्टी मापदण्डविपरीत रहेको जनाउँदै आएको थियो । पछिल्लो समय निगमले पनि उक्त तथ्य स्वीकार गर्दै डिपो अन्यत्र सार्न राजी भएको हो । डिपो घना बस्ती र आइकाओको सेफ्टी मापदण्डविपरीत स्थानमा रहेकाले पनि सार्नुपर्ने अवस्था रहेको डिपो प्रमुख यादवले बताउनुभएको छ । गत साउनमा सौर्य एयरको जहाज डिपोको ठीक विपरीत पूर्वी क्षेत्रमा दुर्घटना भएको थियो भने टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज पनि सोही आसपास दुर्घटना भएको थियो ।

    यादवका अनुसार विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सल्टेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको हवाई इन्धन डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको जनाउँदै आएको थियो । आइकाओ र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ । त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ ।

    गुहृयेश्वरी सारिँदै हवाई इन्धन डिपो
    सुरक्षाको दृष्टिकोणले हंसा कन्सल्टेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानअनुसार विमानस्थलको उत्तर पश्चिमको गुहृयेश्वरीस्थित गल्फ कोर्सनजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ । डिपो सार्न करिब ५० रोपनी जग्गा पनि छुट्याइएको छ । छुट्याइएको खाल्डो भएको जग्गामा माटो पुरेर डिपो निर्माण गर्नुपर्ने अवस्था छ । गहिरो स्थानमै भर्टिकल ट्यांकीसहितको डिपो निर्माण गर्ने निगमको तयारी छ ।

    अहिलेको रनवेबाट पाँच मिटर गहिराइमा ट्यांकीसहितको डिपो निर्माण हुने भएकाले भविष्यमा कुनै पनि प्रकारको जोखिम निम्तिन नसक्ने निगमको दाबी छ । डिपो प्रमुख यादवका अनुसार हाल रनवे र पहिलो डिपोबीच ९० मिटर दूरी रहेको छ । माथिल्लो डिपोमा ७० किलोलिटरको ट्यांकी भूमिगत गरेर राखिएको छ भने सात सय ६० किलोलिटर क्षमताका तीन भर्टिकल ट्यांकी रहेका छन् ।

    रनवेदेखि एक सय ६० मिटर दूरीमा १६ सय किलोलिटरका तीन ट्यांकीसहितको दोस्रो डिपो रहेको छ । डिपोमा एक हजार सय किलोलिटरका तीन, सात सय ६० किलोलिटरका तीन र ७० किलोलिटर क्षमताका आठ इन्धन ट्यांक जमिनमुनि रहेका छन् । १५ दिनको माग धान्ने गरी डिपोको कुल भण्डारण क्षमता ७६ लाख ४० हजार लिटर छ । डिपोबाट दैनिक करिब चार लाख ७५ हजार लिटर हवाई इन्धन बिक्री हुँदै आएको छ । तर, दशैँको समयमा अधिक उडान हुने भएकाले १५ दिन पुग्ने भण्डारणले पाँच दिनको मागमात्रै धान्न सक्ने अवस्था रहेको छ । (Himalaya times)

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer