• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कृषि विकास रणनीति परिमार्जनको सोचमा छौं: कृषिमन्त्री अधिकारी


  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीति समय अनुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ । कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उहाँले मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीति संघीयता अनुकूल परिमार्जन गरिनुपर्ने बताउनुभएको हो । जीविकोपार्जनका लागि कृषि कर्म गर्नेलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी कृषि विकास रणनीति परिमार्जन आवश्यक रहेकोमा मन्त्री अधिकारीको जोड थियो ।

    Advertisement

    उहाँले भन्नुभयो, ‘संघीयतापछि कृषिको प्राविधिक क्षमतामा विकास हुनुपर्ने अपेक्षा थियो तर किसानले आवश्यक समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् ।’ कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेको पनि उहाँले बताउनुभयो । २०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबीच छलफल गरी सुझाव लिइएको छ । पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले काम गर्दै आएको छ ।

    महामन्त्री थापाद्धारा कृषिमन्त्रीको प्रशंसा
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट गरी कृषि क्षेत्रका समसामयिक विषयमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि मन्त्री अधिकारीले गर्नुभएका निर्णयलाई पार्टीले सकारात्मक ढंगले हेरेको जानकारी गराउँदै कृषकका पक्षमा निर्णय गरेकोमा मन्त्री अधिकारीलाई धन्यवादसमेत दिनुभयो ।

    दुर्ई ठूला दल कांग्रेस र एमालेको सरकारले अप्ठ्यारा र बाधक कानुन संशोधन गर्न चाहेको बताउँदै महामन्त्री थापाले हालै बनेको दुर्ई दलीय संयन्त्रले यस्ता कानुन एकैपटक संशोधनका लागि गृहकार्य गरेको उल्लेख गर्नुभयो । साथै उहाँले संसद्को आगामी अधिवेशनमा पाइप लाइनमा रहेका सबै विधेयकको टुंगो लगाई बाधक रहेका कानुन संशोधन गरिने भएकाले कृषि क्षेत्रमा बाधक कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गर्नुभयो । कृषिसँग सम्बन्धित विभिन्न कानुनमा संशोधन आफू विगतमा कृषि समितिको सभापति हुँदादेखि नै आएको भए पनि अब तदारुकता लिन मन्त्री अधिकारीलाई थापाले आग्रह गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा मलको दीर्घकालीन समाधान होस् भन्ने चाहना रहेको र त्यसका लागि प्रयास भइरहेको जानकारी गराउनुभएको थियो ।

    शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer