• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोदो उत्पादन घट्दो, उचित मुल्य सहित माग बढ्दै


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । कालीकोटको साथै साविकको कर्णालीका अन्य जिल्लामा राम्रो उत्पादन हुने कोदोले मूल्य पाउन थालेको छ । कोदोको प्रयोगले पाचन प्रणाली राम्रो हुनुका साथै शरीरमा रगतको मात्रा बढाउनेदेखि कोलोस्टरको मात्रा घटाउने र हृदयघातबाट जोगाउने हुनाले कोदोको माग बढेको छ ।

    Advertisement

    कोदोलाई ढिंडो, रोटी, पुवा, सातु, खोले, लिटो खाँदा स्वस्थ हुने जानकारीपछि ग्रामीण क्षेत्रमा कोदोको माग बढ्दा मूल्य पनि पाउन थालेको छ । कोदोबाट बन्ने सबै परिकार मानव स्वास्थ्यका लागि राम्रो हुने भन्दै लोकल मदिराजन्य पेय पदार्थमा समेत मिसाउने चलन छ ।

    शहरका ठुला होटलमा कोदोबाट उत्पादन गरिएको मदिरा, तुम्बा, जाँड, रक्सीको खोजी पनि बढ्ने गरेको छ । कालीकोटको मान्ममा होटल गर्दै आउनुभएका धर्मेन्द्र शाहीले रारा जाने पर्यटकले कालीकोटे कोदोको उत्पादन के छ भनेर खोजी गर्ने गरेको बताउनुभयो ।

    भातेबानीमा हुर्केकाहरुले कोदोलाई कम महत्व दिने चलन अझै छ । तर कोदोको महत्व थाहा नभएर पहिले, पहिलेका वर्षमा कोदो सस्तो र कम प्रयोग हुँदै आएको रहेछ भन्ने आजभोलि सबै किसानलाई महसुस भएको छ । कोदोमा चामल, मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइने गरेको स्वास्थ्यको तथ्याङ्क छ ।

    उत्पादनका हिसाबले राम्रो हुने कोदोका फाइदाबारे पछिल्लो समय यहाँका नागरिक जानकार हुन थालेपछि गाउँदेखि शहरसम्म कोदोको माग बढिरहेको छ । कुनै समय कोदोको प्रयोग गर्नेलाई गरिब, खाना नपुग्ने परिवारका रुपमा विश्लेषण गर्ने चलन थियो ।

    धेरै उत्पादन हुने कोदोको महत्व सुरुमा थाहा नहुँदा मूल्य पनि थोरै पाउने गरेको थियो । अहिले पनि कोदोको माग बढ्न थालेपछि मूल्य पनि राम्रो पाइने गरेको किसानको भनाइ छ । रास्कोट –२ का शान्ताकुमारी रोकामगरले पछिल्लो समय कोदोको मूल्य बढेको बताउनुभयो ।

    यता, मूल्य बढेपछि उता उत्पादन घटेको छ । हुन त पहिला कोदो बिक्री नभएर होला अहिले बिक्री हुन थालेकाले कोदोको अभाव हुन थालेको रोकाको भनाइ छ ।

    उहाँले आफैंले पनि एकसय रुपियाँको पाँचदेखि छ पाथी अर्थात् किलोको हिसाब गर्दा सरदरमा २४ किलोका दरले किनेर प्रयोग गरेको कोदो अहिले एकसय रुपियाँको चार किलो मात्र पाउने गरेको सुनाउनुभयो ।

    कोदोको मूल्य बढ्दा उत्पादन घटेको छ । मूल्य राम्रो पाउन थालेपछि कोदोको खेती गर्नतिर किसान उत्साहित भएका छन् । जुम्ला तातोपानी –३ का कृष्णहरि अधिकारीले कोदोको माग बढेकाले प्रायः अहिले बाँझो बारीमा कोदो लगाउने किसानको सङ्ख्या बढेको बताउनुभयो । अधिकारीले पहिलाजस्तो उत्पादन त छैन, पहिलाको जस्तो कोदोको उत्पादन र अहिलेको जस्तो मूल्य हुने हो भने किसानलाई फाइदा हुने सुनाउनुभयो ।

    बालबालिकाको मस्तिष्क वृद्धिदेखि मधुमेह, उच्च रक्तचाप भएका बिरामीका लागि उल्लेखनीय फाइदा हुने रहेछ भनेर नागरिकले जानकारी पाएपछि कोदोको मूल्य बढिरहेको छ । अहिले एकसय रुपियाँको दुई पाथी अर्थात चार किलोमा बिक्री हुने गरेको स्थानीयको भनाइ छ ।

    स्वास्थ्यकर्मी अशोक न्यौपानेले गाउँमा कोदोको फाइदाबारे जानकारी दिन थालेपछि किसानमा उत्साह आएको बताउनुभयो । स्वास्थ्यकर्मी न्यौपानेले कोदो खास बाली हो भनेर किसानले नबुझेकै कारणले खेती कम गर्दा उत्पादन पनि घटेको बताउनुभयो ।(गोरखापत्रबाट)

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer