• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सप्तकोसी नदी किनार क्षेत्र सफाइ गरिँदै


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । सप्तकोसी नदी किनार क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएपछि नदीको पूर्वी किनार क्षेत्रमा सफाइ सुरु गरिएको छ । हिउँद लागेसँगै नदीको पूर्वी किनारमा घुम्न र पिक्निक खान आउनेहरुले गरेको फोहाेरको व्यवस्थापन गर्न थालिएको हो ।

    Advertisement

    नदी किनार क्षेत्रमा जथाभावी फोहोर गर्दा घुम्न र पिक्निक खान आउनेहरुलाई दुर्गन्ध हुने भएपछि वराहक्षेत्र ७ सोमबारेमा स्थापित कञ्चनजङ्घा युवा क्लबले नदीकिनार क्षेत्र सरसफाइ गर्न थालेको क्लबका सदस्य सरोज सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी किनार क्षेत्रमा बढी फोहोर हुन थालेपछि क्लबको अगुवाइमा सरसफाइ गर्न थालेका छौँ ।”

    बाढीसँगै बगाएर ल्याएको फोहोर किनारमा छरपष्ट हुँदा कोशीको नदी किनार क्षेत्रमा फोहोर जम्मा भएको थियो । नदी क्षेत्रको बोरावान क्षेत्रमा भएको फोहोर उठाइएको क्लबले जनाएको छ।

    नदी किनार सरसफाइ कार्यक्रममा वराहक्षेत्र नगर प्रमुख रमेश कार्की सहित स्थानीय युवाहरुको सहभागितामा फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । “कोशी किनार क्षेत्रमा फोहर नफालौं, नदी किनार वरपर सधैं सफा र स्वच्छ राखौँ । फोहोर नगराैँ आफनो सभ्यताको परीचय दिऔँ । नदी हाम्रो सम्पती तथा पहिचान हो, यसको सरसफाइ र संरक्षण तपाई हाम्रो दायीत्व हो” भन्ने नारासहितको बोर्ड समेत गाडिएको छ । नदी किनार क्षेत्रको सरसफाइ कार्यक्रमलाई नियमित र प्रभावकारी बनाएर लैजाने कञ्चनजङ्घा युवा क्लबले जनाएको हो ।

    यता, वराहक्षेत्र नगरपालिकालाई सुन्दर, सफा नगर बनाउने योजनासहित वराहक्षेत्र नगपालिकाले नगरक्षेत्रको सार्वजनिक स्थलहरुमा सरसफाइ अभियान दुई वर्षदेखि निरन्तर रुपमा चलाउँदै आएको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । “कोशी किनार क्षेत्रको सरसफाइमा युवाहरले उदाहरणीय काम गर्दै आएका छन् । उहाँहरुलाई अभियानमा हौसला पुर्‍याउन आफू पनि सहभागी हुने गरेको छु,” नगरप्रमुख कार्कीले भन्नुभयो ।

    प्रत्येक शनिबार नगरका सार्वजानिक स्थलहरुमा नगरप्रमुख रमेश कार्कीको अगुवाइमा सरसफाइ गरिँदै आएको छ । पछिल्लो समय आवश्यकता अनुसार शनिवारबाहेक अरु दिन पनि सर्वजनिक स्थलहरुको सरसफाइ गरिँदै आएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले साविकका पाँच वटा गाविस प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल, वराहक्षेत्रका प्रमुख चौक, बजार, मठ, मन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, बसस्टेसन, औलिया मठ परिसरलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर र आवश्यकता अनुसार सरसफाइ गरिँदै आएको छ । नगरपालिकाले चलाएको अभियान अन्तर्गत वराहक्षेत्र मन्दिर, चतराधाम क्षेत्रमा मानसहरुको चहलपहल बाक्लो हुने हुँदा बढी मात्रमा सरसफाइलाई ध्यान दिनुपरेको जनाइएको छ ।

    बराहक्षेत्रलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको नगर सरसफाइ अभियानलाई सार्थक बनाउन साप्ताहिक रुपमा सार्वजनिक स्थानमा सरसफाइ गरिँदै आएको जनाइएको छ ।

    नगरपालिकाको सरससफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, व्यापारी, राजनितिक दलका नेता, कार्यकर्ताहरु, स्थानीय सङ्घ संस्थाहरु र नगर प्रहरीलगायतको सहभागिता रहँदै आएको छ ।(गोरखापत्र)

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer