• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लोपोन्मुख गिद्ध संरक्षण गर्दै गोविन्दबहादुर


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्राकृतिक कुचो मानिन्छ गिद्धलाई । यसले प्रकृतिको कुचीकारको रुपमा फोहोरलाई सफा गर्ने काम गर्दछ । यस्तै प्रकृतिको कुचीकारको संरक्षणमा जुटेका छन्: गोविन्दबहादुर सिंह । कर्णाली प्रदेश सरकारले बल्ल योजना बनाउँदै छ तर जाजरकोट बारेकोट गाउँपालिका–५ का गोविन्दबहादुर सिंहले व्यक्तिगत लगानीमा गिद्ध संरक्षणको एकल अभियान चलाइरहनुभएको वर्षौ भैसकेको छ ।

    Advertisement

    करिब एक दशकदेखि उहाँले कर्णालीका विभिन्न जिल्लामा गिद्ध संरक्षणसहित खोज अनुसन्धान र उपचारमा केन्द्रित हुनुहुन्छ । २०७० वैशाखदेखि उहाँ वन्यजन्तु संरक्षणको अभियानमा हुनुहुन्छ । उहाँले लोपोन्मुख गिद्धको अनुसन्धान गरी तिनीहरूको वासस्थान गुँडसमेत पत्ता लगाउनुभएको छ । साथै चोरीसिकारीका पासोमा परेका वन्यजन्तु तथा पासा गुलेली पनि बरामद गरेर प्रशासनलाई बुझाउनुभएको छ । उहाँले सात सय गुलेली, २९० वटा फलामे पासा बरामद गरी प्रशासनलाई बुझाउनुभएको छ । साथै ३५ वटा मृग पासा तथा आठ सय वटा चरा पासा पनि नियन्त्रणमा लिनुभएको छ ।

    यसै गरी १८ वटा गिद्धसहित १६८ वन्यजन्तुको उपचार उहाँले गर्नुभएको छ भने १२० वटा गिद्धको उद्धार गरेको उहाँले बताउनुभयो । कृषि प्राविधिक जागिरे सिंहले आफ्नो तलबको आधा रकम गिद्ध तथा वन्यजन्तुको संरक्षणमै खर्च गर्ने गर्नुहुन्छ । उहाँका अनुसार वन्यजन्तु तथा गिद्ध संरक्षणमा कसैले चासो नदिने र थाहा नपाएको हुँदा आफ्नो तलबको आधा रकम त गिद्ध संरक्षणमै खर्च गर्नुहुन्छ । गिद्ध संरक्षणमा कसैको चासो नभएकोमा दुःख व्यक्त गर्दै विगतमा सरकारी बजेट पनि विभिन्न बहानामा फ्रिज गराउने काम भएको उहाँको भनाइ छ ।

    गिद्धबारे खोज अनुसन्धान

    कर्णाली प्रदेशमा उहाँले गिद्धबारे खोज र पहिचान गर्नुभएको छ । कर्णालीमा २१२ वटा गिद्ध र ६३ वटा गुँड रहेका छन् । जाजरकोटमा ८२, डोल्पामा २६, रुकुममा १७, सल्यानमा १४, कोलीकोटमा १२, हुम्लामा २७ र जुम्लामा ३४ वटा गिद्ध रहेका छन् । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये कर्णालीमा मात्रै पाँच प्रजातिका गिद्ध पाइने गरेको छ । हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, हार्डफोर गिद्ध र राज गिद्ध कर्णालीमा पाइने गरेका छन् । यी सबै दुर्लभ प्रजातिमा पर्ने जानकारी संरक्षणकर्ता सिंहले दिनुभयो । यसै गरी दुर्लभ पन्छीका बारेमा पनि उहाँले पत्ता लगाउनुभएको छ । चिरकालिज, चिलिमे, डाँफे, मुनाललगायत दुर्लभ पन्छीहरू डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, रुकुमपश्चिममा पाइएको उहाँले जनाउनुभयो ।

    यता गिद्धलगायत वन्यजन्तुको संरक्षणमा गोविन्दबहादुर सिंहले थालेको कामलाई पनि सँगसँगै लिएर कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि संरक्षणका योजना बनाउने प्रतिबद्धता जनाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशभर लोपोन्मुख गिद्धको संरक्षणका लागि अनुसन्धान र योजना कार्यक्रम राख्ने प्रतिबद्धता जनाएको छ ।

    गुँड बचाउन आग्रह

    उता गिद्ध संरक्षणमा केन्द्रीय स्तरमा काम गर्दै आएको नेपाल पन्छी संरक्षण सङ्घले कर्णालीमा लोपोन्मुख गिद्ध र यसको गुँडलाई बचाउन आग्रह गरेको छ । सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले संसारमा २३ प्रजातिका गिद्ध पाइने र त्यसमध्ये नेपालमा नौ प्रजातिका पाइने भएकाले प्रकृतिको वातावरण जोगाउन यसको गुँड संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । कर्णालीका प्रायः सबै जिल्लामा गिद्ध पाइने र त्यसम विशेष गरी जाजरकोटमा लोपोन्मुख गिद्ध बढी हुने गरेको पाइएको उहाँले जनाउनुभयो । पछिल्लो समय डाइक्लोफेनिक सोडियमको प्रयोग पशुपन्छीमा प्रतिबन्ध गरिएपछि गिद्धको सङ्ख्या बढेको उल्लेख गर्दै उहाँले अब स्थानीय तथा प्रदेश सरकारले पनि यसको संरक्षणका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।(गोरखापत्रबाट)

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer