• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मञ्जुश्री गुफा जाने पदमार्ग निर्माण, पर्यटकलाई सहज


  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ। त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ।

    Advertisement

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रि–धार्मिक स्थल हलेसी हिन्दु, बौद्ध र किरात धर्मको आस्थाको केन्द्र हो। हलेसीमा दर्शन गर्न एवं अवलोकन गर्न विश्वका तीर्थालु पर्यटकहरू आउने गरेका छन्। हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजनहरू पुग्ने गरेका छन्। मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो। हाल पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको भक्तजनहरूले बताएका छन्। मञ्जुश्री पदमार्ग आकर्षक निर्माण भएपछि उक्त क्षेत्र जाने पर्यटकहरूको पनि वृद्धि हुने हलेसी तुवाचुङ नगरपालिकाले विश्वास लिएको छ।

    विशेष गरी हलेसी मारतिका आएका बौद्ध धर्मावलम्बीहरू अनिवार्य मञ्जुश्री गुफा जाने गरेका छन्। गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक भक्तजनलाई लडेर चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो। उक्त पदमार्गले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मदत गर्ने उहाँको भनाइ छ। आकर्षक मञ्जुश्री पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटकहरू पुग्ने गरेको मेयर राईले बताउनुभयो।

    आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ। आकर्षक ढुङ्गाकै वालसमेत लगाइएको छ। २ मिटरदेखि ५ मिटरसम्मको चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा पनि आकर्षक देखिन्छ।

    मञ्जुश्री पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङिखम घर निर्माण लगायतको संयुक्त साँढे ५ करोडको ठेक्काबाट मञ्जुश्री पदमार्ग निर्माण भएको हो। मञ्जुश्री पदमार्गको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ। हाल सोही पदमार्गबाट भक्तजन एवं पर्यटक आवतजावत गरिरहेका छन्।

    संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीका प्रतिनिधि ध्रुव थापाका अनुसार तुवाचुङ पदमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ। माङिखम घर निर्माणको काम भने सुरु भएको छैन। सोही ठेक्काबाट बसाहथान खेलमैदानमा वाल लगाउने काम पनि भएको उहाँको भनाइ छ।(गोरखापत्र)

    बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer