• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

१४ वर्षीया कामना कालीकोटकी सामाजिक विकास मन्त्री


  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस अर्थात लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर गर्ल्स टेकओभर कार्यक्रम अन्तर्गत कालीकोटकी १४ वर्षीया कामना शाहीले एकदिनका लगि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको कार्यभार सम्हाल्नु भएको छ ।

    Advertisement

    प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले १ दिनका लागि कामनालाई सोमबार आफ्नो पद हस्तान्तरण गरेपछि कामना एकदिनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री बन्नुभएको हो ।

    सोमबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिन पदभार ग्रहण गर्दै कामनाले मन्त्रालयले गर्ने कार्य तथा जिम्मेवारीका बारेमा आफूले जानकारी लिएको बताउनुभयो । किशोरी मन्त्रीले बालबालिका र किशोरीहरुमाथि हुने सबै खाले हिंसाको अन्त्य हुनुपर्नेमा माग राख्नुभएको छ ।

    मन्त्री बनि सकेपछि कामनाले कर्णालीका बालबालिका र किशोरीहरुको स्वास्थ्य शिक्षा र सशक्तिकरणका लागी थप सुधार र विकासको माग समेत राख्नुभएको थियो ।

    कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफ्नो पद एकदिनका लागि हस्तान्तरणपछि प्रतिक्रिया दिँदै सबै किशोरकिशोरी र युवाहरु नेपालको भविष्य भएको बताउनुभयो । यि र यस्तै कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुको सशक्तिकरणसँगै, भविष्य र सम्भावना पनि नेपालमै खोज्नको लागी सकारात्मक सन्देश जाने कुरामा आफू विश्वस्त रहेको समेत कार्यक्रममा बताउनुभयो ।

    मन्त्री भण्डारीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुभारम्भको दिनमा कालीकोटकी एक किशोरी मन्त्री पदमा बसेर कर्णालीका बाबालिकाको समस्या र मागहरु राख्दा आफ्नो ध्यानाकर्षण भएको भन्दै किशोरीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै यस्ता खाले अभ्यासले कामना र उनी जस्तै किशोरीहरुले भविष्यमा आफू नेतृत्व तहको भूमिकामा जान थप उर्जा दिने बताउँदै मन्त्री बन्नुभएकी कामनालाई शुभकामना दिनुभएको थियो ।

    एकदिने मन्त्री बन्नुभएकी कामनाले गल्र्स टेक ओभर जस्ता कार्यक्रमले आफ्नो नेतृत्व विकासमा ठुलो भूमिका खेलेको प्रतिक्रिया दिनुभयो । कामना भन्नुभयो “ म मन्त्री हुदै गर्दा मलाई छुट्टै खुसि महसुस भएको थियो, मन्त्री बनिरहँदाका पल मेरा लागि विशेष छन् यसले मलाई आफ्नो भविष्यमा के बन्ने भन्ने योजनामा मार्गदर्शन भएको र आफ्नो नेतृत्वसिप विकासमा सहयोग पुगेको कुरा जानकारी गराउनुभयो । आफूले यो अवसर पाउँदा गर्वको महसुस भइरहेको समेत सुनाउनुभयो ।

    गर्ल्स टेक ओभर जस्ता प्रतिकात्मक अभियानहरूले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागितामा जोड दिन्छ । यी अभियानहरूले उनीहरूको सशक्तिकरणलाई प्रोत्साहित गर्दछन् र समाजमा उनिहरूको सकारात्मक योगदानका लागि अवसर सिर्जना गर्छन् । यसको उद्देश्य किशोरी र बालिकालाई नेतृत्व भूमिकामा राखेर, उनिहरूको भविष्यका लागि थप अवसरहरू सिर्जना गर्नु हो, जसले समान अवसरहरूको लागि स्थान प्रदान गर्दछ र समग्र समाजको सुधारमा योगदान पुर्‍याउने प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुली बताउनुभयो ।

    गल्र्स टेक ओभर बालिका र किशोरी अधिकारका लागि क्रियाशिल संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, युवा, युवालय, क्याड नेपाल– जुम्ला, पेस नेपाल– जुम्ला , किडार्क नेपाल कालीकोट, हुरेण्डेक कालीकोट, सादा नेपाल कालअंकोट, स्याक नेपाल सुर्खेत, बी–गु्रप बर्दिया, आर के जे एस बर्दिया, बाँके यूनेस्को क्लब, जनजाती समाज विकास समिति सिन्धुली, जे डब्लु ए एस नेपाल, सी एफ डब्लु ए, एफ, डिआरसी र सपोर्ट नेपाल लगायतका संस्थाहरूको साझा अभियान हो ।

    बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तिकरणको एक नियमित अभियान र पहल हो । नेपालमा बालिका र किशोरी केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीय देखी स्थानीय स्तरमा गल्र्स टेकओभर अभियानलाई निरन्तरता दिइएको छ ।

    जुम्ला, कालीकोट, सुर्खेत, धनुषा, सिन्धुली, बर्दिया जिल्लामा अक्टोबर र नोभेम्बर महिनामा यस अभियान अन्तर्गत ब्रिटिश राजदुतावास, नोर्वेजियन राजदुतावास, राष्ट्रिय युवा परिषद, फिनल्याण्ड राजदुतावास, यूरोपियन युनियन, जर्मन राजदुतावास, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, जर्मन राजदुतावास, गाउँपालिका अध्यक्ष, र नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकार लगायतको भूमिकामा किशोरीहरूले नेतृत्व लिएका छन् ।

    “गल्र्स टेकओभर अभियान बालिका र किशोरीहरुको समानताका लागी एक उत्कृष्ट अवसर हो । जसले बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनिहरूको वीचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघसंस्था र निकायहरूलाई अवसर प्रदान गर्दछ । साथसाथै किशोरीहरुलाई पनि निर्णयकर्ता, नेतृत्वमा रहेका व्यक्ति बन्नको लागि मार्गदर्शन प्रदान गर्छ । ‘यसले बालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता र नेतृत्व तहमा रहेका व्यक्तिहरुको दृष्टिकोण बालबालिका र किशोरी केन्द्रित हुन सहयोग गर्ने’ प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक राम किसन भन्नुहुन्छ ।

    गल्र्स टेक ओभरमा देशभरका ५ जिल्लाका ३० जना किशोरीहरूले विभिन्न संघसंस्था र निकायहरूमा विभिन्न पदको अर्थपूर्ण र प्रभावकारी तरिकाले नेतृत्व लिने योजना रहेको छ । पदभार ग्रहण कार्यक्रम २८ अक्टोबर देखि सुरु भएको हो ।

    जिल्ला, प्रदेश र संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहीँ किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम अर्थपूर्ण र प्रभावकारी तरिकाले र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिन्छ ।
    (Himalaya times)

    बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer