• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नदी परिचय: सप्तकर्णाली


  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । पश्चिम नेपालको महत्वपुर्ण नदी कर्णाली नदी हो । यसलाई नेपालको सबैभन्दा लामो नदी भनेर पनि चिनिन्छ । नेपालको पश्चिम क्षेत्रका सातवटा ठुला नदीहरु मिलेर यो सप्तकर्णाली वनेको छ । यसका मुख्य सहायक नदीहरुमा हुम्ला कर्णाली, मुगु कर्णाली ठुली भेरी सानी भेरी वुढी गंगा सेती नदी र तिला नदी हुन । हुम्ला कर्णाली देखि भारतको सिमा सम्म ५०७ किमि लम्वाई रहेको यसले ४२०० व किमि आफ्नो प्रवाह क्षेत्र निर्माण गरेको छ ।

    Advertisement

    हुम्ला कर्णाली तिव्वतको मानसरोवर र राक्षस तालको दक्षिण पश्चिम ढालवाट निस्केर विशाल हिमाली श्रृखला पार गर्दै दक्षिण तर्फ लागेको छ । यसरी तिब्बतबहुदै आएको नदी नेपालको शेरा भन्ने ठाउवाट नेपाल भित्र प्रवेश गरेको छ । यसका प्रमुख सहायक नदीहरुमा ताक्लेखोला तिलखोला च्यांलेखोला चुङ्साखोला चालाखोला टांगिनखोला दोजामखोला क्याडिखोला खत्याडखोला हुन । यस नदीका सहायक नदीहरु हिमालका हिउ पग्लेर बग्ने हुनाले स्थायी किसिमका छन । यो नदी सोरुगल्फा क्षेत्रमा मुगुकर्णालीसंग मिल्दछ । त्यसपछि यसमा तिला सिञ्जा पादुका आदी नदीहरु मिल्दछ । यसको लम्वाई करिव ५२८ किमि र प्रवाह क्षेत्र ६१०० व किमि रहेको छ । यहि नदीको किनारै किनार गएर लिपुलेकबाट तल झरेको वाटोमा मिले पछि पश्चिम तर्फ लाग्दा सुप्रसिद्द कैलास पर्वत र मानसरोवर तिर्थस्थल पुग्न सकिन्छ ।

    मुगु कर्णाली नदी कर्णालीको दोस्रो ठुलो नदी हो । यो नदी मध्यपश्चिमाञ्चल अन्तर्गत पर्ने डोल्पाको छार्काभोट नजिकै पर्ने मोहला भञ्ज्याङको उत्तरमा नेपाल तिब्बत सीमा क्षेत्रमा पुर्व पश्चिम फैलिएको गौतम हिमाली श्रृखलाबाट झरेका सयौ सानाठुला नदीहरु मिलेर पश्चिम ढाल हुदै कान्जिरोवा हिमाल हुदै पश्चिम बग्दछ । करिब ६६४५ मिटरको उचाईबाट बग्दा यसलाई कहाजेङखोला भनिन्छ भने यसमा सानाठुला अरु खोलाहरु मिलेपछी यसले विशाल रुप लिन्छ । उत्तर दक्षिण बग्दै जादा यसका सहायक नदीहरुमा कुटाला पाञ्चाङ चालाखोला माझखोला माईखोला खुम्जखोला सेगाईखोला चापाखोला मुगुखोला कोजेङ कोमी पावा नामजुङ लुम्सागाड गमगाड आदी हुन । नेपाल भित्रका धेरै लामा नदीहरुमध्ये यो पनि एक हो, जसको लम्वाई करिव ३८४ किमि र प्रवाह क्षेत्र ६१०० व किमि छ । यो नदिको किनारै किनार अगाडी बढ्दा गमगढी हुदै डोल्पाको विजोरगाउबाट तारापखोलाको सिरानतिर मोडिएर छोर्काजुलिङ भोटको बाटो हुदै मुस्ताङको कागवेनी निस्कन सकिन्छ । यो पुर्व पश्चिम आवतजावत गर्ने परम्परागत लामो हिमाली पैदल मार्ग पनि हो ।

    सप्तकर्णालीको अर्को महत्वपुर्ण नदी ठुलीभेरी हो । यो नदी डोल्पा जिल्लाको मुकुट हिमालको उत्तर-पश्चिमबाट निस्केको तुजा र ताहान खोला मिलेर गौतम हिमालको दक्षिणीढालवाट आएको नखेमखोला मिसिएर ताराकोटमा पुगेर वरवुङखोलाको नामले चिनिन्छ । उता छार्काभोट पुग्दा मान्थाङखोला र जंङ्खेलखोला मिसिएर तल पुगी तारापखोला मिसिएपछी मात्र यसको नाम ठुलीभेरी हुन आउछ । यसका सहायक नदीहरुमा मुकुटखोला चाल्नखोला फारखोला तानखोला चुरेनखोला सुलिगाढखोला जगदुल्ला खोला जाल्दीगाढखोला सामाखोला जहारीखोला गहुनगाढखोला जलीगाढ रिजाखोला हुन । सानीभेरी नदी यसमा रिम्नाघाटमा मिसिएर अघि बढ्दछ । सल्यानका मर्मबगाग सगही र सुर्खेतका आम खोलाहरु मिसिएर सुर्खेतको कुनाघाट नजिकै कर्णाली नदीमा मिसिन्छ । रुकुम नजिकै यसले विशालटार वनाएको छ जसलाई चौरजाहरीटार भनिन्छ । यसको लम्वाई करिव १३६ किमि छ भने यसले र यसका सहायक नदीहरुले निर्माण गरेका अनगिन्ती टार र वेसीहरु खेतीपातीका लागी निक्कै महत्वपुर्ण छन ।

    सानीभेरी नदी म्याग्दीको ढोरपाटन नजिक धौलागिरि हिमश्रृखलाको चालिकेपर्वतको दक्षिण ढालबाट उत्पती भएर बग्दछ । यसरी बग्दैजादा थुप्रैसहायक नदीहरुलाई लिएर पुर्वीजाजरकोटको रिम्नाघाटमा ठुलीभेरीमा मिसिन्छ । यसका सहायक नदीहरुमा सिस्नेखोला ठुलीपाल्ता गारपुङ पानीपाल्ता भालुखोला पेल्माखोला ल्याचागाढ लुकुमखोला खारखोला देउताखोला आदी हुन । यसको लम्वाई करिव ९८ किमि र प्रवाह क्षेत्र २३०० व किमि रहेको छ ।

     

    सप्तकर्णालीको अर्को महत्वपुर्ण सहायक नदी सेती नदी हो । यो नदी वझाङको उत्तर तर्फबाट व्यासऋषि हिमालबाट उत्पती भएको छ । यसका सहायक नदीहरुमा सालिमार खोला घाटखोला न्युनलोखोला लिस्नीगाढ थरुनीगाड कालीगाड सुलीगाड साहिलीगाड दाम डण्डी हुन । यसरी बग्दैजादा कुन्तिढुंगाना डांडाको पश्चिमतिर पुग्दा वुढीगंगा यसैमा मिसिन्छ । उच्च हिमाली र पहाडी क्षेत्र यसको जलाधार रहेको छ । यसको लम्वाई करिव २०२ किमि र प्रवाह क्षेत्र ७५०० व किमि रहेको छ ।

    सप्तगण्डकीको अर्को महत्वपुर्ण नदी वुढीगंगा हो । यो नदी वाजुरा जिल्लाको सयपाल हिमालको दक्षिणी पाखो करिब ४८५५ मिटरबाट उत्पती भएको छ । डोटीका ईकडीगाड परपालीगाड रंगेलीगाड आदी नदीहरु यसका सहायक नदी हुन । करिव ८४ किमि लम्वाई रहेको यो नदी कुन्तीढुङ्गाडाडाको पश्चिम फेदिमा सेतिनदीमा मिसिन्छ । यसको प्रवाह क्षेत्र १७०० व किमि रहेको छ । यसका किनारामा धेरै महत्वपुर्ण धार्मिक तथा सास्कृतिक क्षेत्रहरु रहेका छन ।

    सप्तकर्णालीको अर्को महत्वपुर्ण नदी हो तिलानदी । यो नदी जुम्ला क्षेत्रबाट उत्पती भएर ऐतिहासिक महत्व बोकेको सिॅजा खोलालाई लिएर अगाडी बढ्दछ । सिस्नेहिमाल र पत्रासीहिमालबाट निस्किएका थुप्रै खोलानालाहरु यसका सहायक नदी हुन । जयगाड, घट्टेगाड तलीगाड भेरीखोला रोटमखोला चौधविसेखोला लम्किनी टिवगाड पातल्काखोला यसका सहायक नदीहरु हुन । यो नदी हुम्लाको लाली घाटमा आएर कर्णाली नदीमा मिसिन्छ । यसको लम्वाई करिब ९९ किमि र प्रवाह क्षेत्र ३४०० व किमि रहेको छ ।

    बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer