काठमाडौं । आज देशभर मौसम सफा रहने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ।
सोही कारण आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना छ।
आज राति कोशी, गण्डकी र र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।




