• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सर्वाधिक चासोको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आजदेखि


  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आज (शनिबार) काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपिएलको भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको नेपाली क्रिकेटको महाकुम्भ मेलाको पहिलो खेल दिउँसो साढे १२ बजेबाट हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् । खेलभन्दा अगाडि क्यानले औपचारिक समारोहको आयोजना गरेको छ । उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भिआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ ।

    Advertisement

    एनपिएलमा विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि दाबेदारी पेस गर्नेछन् । घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय मैदानमा पनि तहल्का मच्चाउन सफल नेपाली खेलाडीसँगै विदेशी खेलाडीलाई अनुबन्ध गरेर टोलीहरू बलियो देखिने होडमा छन् । क्यानले आयोजना गरेको पहिलो संस्करणको एनपिएल सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति धेरैको चासो बढेको छ ।

    नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो । ‘नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देश विदेशका नेपाली र विदेशी क्रिकेट प्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।’ क्रिकेटप्रेमीको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रँदै छन् । हरेक टिममा न्यूनतम् चारदेखि अधिकतम् छ जनासम्म विदेशी खेलाडी रहने क्यानले जनाइएको छ ।

    दर्शकको बाक्लो उपस्थिति रहने निश्चित
    स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । योपटक आठवटा पिचलाई नयाँ तरिकाले निर्माण गरिएको छ । साथै दर्शकले पहिलोपटक डिजिटल स्कोर बोर्डको आनन्द उठाउन पाउनेछन् । त्यस्तै, मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भिआइपी र साधारण दुवैतर्फ बस्ने व्यवस्था गरिएको छ । त्यस्तै, फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिचहरूमा समेत राम्रो मिहिनेत गरिएको छ ।

    यसपटक दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्नेगरी निर्माण सम्पन्न गरेको छ । सधैँ दर्शकका लागि शौचालय नभएको समस्या यसपालि समाधान भएको छ । महिला र पुरुष दर्शकका लागि अलग-अलग बाथरुम व्यवस्था भएको छ ।
    एनपिएल पहिलोपटक विश्वचर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा लाइभ हुनेछ । त्यस्तै, टिभी नहुनेहरूले पनि एनपिएल सहज रूपमा युट्युबमा समेत हेर्न पाउनेछन् । योपटक एनपिएलको युट्युब राइट डिश मिडिया नेटवर्कले लिएको छ । एनपिएलको सबै खेल युट्युबमा डिस होमको एक्सन स्पोर्ट्सबाट लाइभ हुनेछ ।

    यस्तो छ आठ टिमको ‘स्क्वाड’
    लिगमा आठ टिमको सहभागिता छ । जसमध्ये जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी हुनुहुन्छ । टिममा ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहनुभएको छ ।

    विराटनगर किंग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहनुभएको छ भने प्रशिक्षक केभिन ओ ब्राइन रहनुभएको छ ।

    लुम्बिनी लायन्समा नेपालका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहनुभएको छ । उहाँका साथै सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अष्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ल्याण्ड), रेमन सिमन्ड्स (वेस्टइण्डिज), शादबिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक) हुनुहुन्छ । प्रशिक्षक नन्दन फाडनिस रहनुभएको छ ।

    चितवन राइनोजमा कुशल मल्ल मार्की खेलाडी रहनुभएको छ । रिजन ढकाल, कमलसिंह ऐरी, शरद् भेषावकर, विपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रटैला, दीपक बोहरा, रञ्जीतकुमार, गौतम केसी, रवि बोपारा (इङ्ल्याण्ड), मार्चण्ड डे लांग (दक्षिण अफ्रिका), (चोटले अनुपस्थित हुने) हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्युक मार्टिन बेनकेन्स्टाइन (इङ्ल्याण्ड), सलाहुद्दिन खान (आइकोनिक) खेलाडी तथा उमेश पटवाल प्रशिक्षक रहनुभएको छ ।

    करण केसीको कप्तानीमा रहेको टिम काठमाडौंमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्याण्ड), स्टेफन इस्किनाजी (इंग्ल्याण्ड), ड्यान डौथवेट (इंग्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक) रहनुभएको छ । वसन्त शाही काठमाडौंको प्रशिक्षक हुनुहुन्छ ।

    फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहेको छ । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्ड्स), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्टइण्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदीप आर्याल (आइकोनिक) खेलाडी हुनुहुन्छ । पोखरा एभेन्जर्सले राजीव कुमारलाई प्रशिक्षक बनाएको छ ।

    कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी रहनुभएको छ । गुल्शनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्टइण्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक) तथा ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहनुभएको छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनाष बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्राण्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक) खेलाडी रहनुभएको छ ।

    नेपालसँगै १६ भन्दा बढी देशका खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् । यी खेलाडीलाई मैदानमा उत्रन तिखार्ने भूमिकामा रहेका मुख्य प्रशिक्षक तम्तयारी अवस्थामा छन् । एनपिएलका आठ प्रशिक्षकमा घरेलु टोली नेपाल र छिमेकी भारतको वर्चस्व छ । नेपाल र भारतका तीन-तीनजना प्रशिक्षक छन् । यस्तै, श्रीलंका र आयरल्याण्डका एक-एकजना छन् ।

    पारसको आग्रह : पासका लागि फोन नगर्नू, घरमै बसेर खेल हेर्नू
    नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपिएलको उद्घाटन खेलका लागि टिकट नभएका दर्शकलाई टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न आग्रह गर्नुभएको छ । सचिव खड्काले शुक्रबार सामाजिक सञ्जालमार्फत टिकट नभएका दर्शकलाई घरमा नै बसेर खेल हेर्न अनुरोध गर्नुभएको हो । खेल हेर्न पासका लागि फोन वा सन्देश नगर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ । ‘क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआइपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ । खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौँ,’ उहाँले भन्नुभएको छ, ‘कृपया पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’ एनपिएलको उद्घाटनका लागि क्यानले १० हजार टिकट बिक्री गरेको छ । ती सबै टिकट बुधबार नै बिक्री भइसकेका थिए ।
    (हिमालय टाईम्सबाट)

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer