• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पुतलीबजार र अर्जुनचौपारी जोड्ने ठाडाखेतमा पुल निर्माण


  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पुतलीबजार नगरपालिका वडा–१३ र अर्जुनचौपारी गाउँपालिका वडा–१ जोड्ने ठाडाखेतमा मोटरेवल पुल निर्माण गरिएको छ । पुलको सर्वे २०७० साल पुस ५ गते भएको थियो भने २०७४ भदौ २३ गते निर्माण कम्पनीले सम्झौता गरेर काम थालेको थियो ।

    Advertisement

    बक्स कल्भर्ट जेएन ईश्वर, सिद्धबाबा जेभीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपियाँ ३५ पैसामा निर्माण गरेको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो । ७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ । एक भागमा चार मिटर अग्ला पाँचवटा सेल र अर्को भागमा २.८ मिटर अग्ला सातवटा सेल रहेका छन् ।

    पुतलीबजार नगरपालिका –१३ मा कल्भर्टको उद्घाटनमा सङ्घीय सांसद राजु थापाले पुलको उद्घाटन ढिला भएको बताउँदै यसले अझै पनि आम नागरिकमा भएको चेतनाको स्तरलाई परीक्षण गरिरहेको बताउनुभयो ।

    अरू देशको तुलनामा नेपालमा कम विकास भएको बताउँदै थापाले फेरि पनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भइरहेको विकास निर्माणमा गति दिन सबै एकजुट हुनुपर्ने बताउनुभयो । पञ्चायतका ३० वर्षमाभन्दा बहुदल र सङ्घीयता आएपछि विकासले गति लिएको बताउँदै उहाँले नागरिकको शिक्षा स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको जिकिर गर्नुभयो ।

    देश निर्माणमा स्थायी सरकार आवश्यक रहेको बताउँदै पटक पटक सरकार फेरिरहँदा विकासले राम्रो गति नलिएको बताउनुभयो । देशको विकासका लागि एमाले र काँग्रेसको सहकार्यमा सरकार बनेको र यसले विकासमा फड्को मार्ने बताउनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी वडा –१ का रणबहादुर थापा, पुतलीबजार वडा –१३ का कार्यवाहक अध्यक्ष सूर्यबहादुर थापालगायतले मन्तव्य राख्नु भएको थियो ।

    यहाँका नागरिकको माग र आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकास कार्यालय स्याङ्जाले यहाँ पुल बनाएको हो । पुल बनेपश्चात् यसको प्रयोगमार्फत दुईपालिका दुई वडाका नागरिकको आवत–जावत तथा कृषि सामग्री ओसारपसारमा सहज भएको छ ।(गोरखापत्र)

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer