• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रिय वाणिज्य बैङ्क एक नम्बर बैङ्क बन्नुपर्छ: अर्थमन्त्री पौडेल


  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कलाई एक नम्बरको बैङ्क बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रूपान्तरण गरी अग्रणी बैङ्क बनाउनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    उहाँले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैङ्कले प्रवाह गर्ने सेवा र दिने सुविधालाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैङ्क व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।

    सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैङ्कले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैङ्क बनाउन आग्रह गर्नुभएको हो ।

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अङ्कको ब्याजदर लाई स्थिर बनाउन आवश्यक रहेको बताउनुभयो । लिने समयमा एकल अङ्कको ब्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झकझकाइ रहेको बताउनुभयो ।

    उहाँले बैङ्कले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै ब्याजदरमा उद्योगी व्यवसायीलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क गर्नुभयो ।

    यसैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैङ्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय सरकारको हैसियतले बैङ्कलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैङ्कको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो । सरकार र निजी क्षेत्रबिचको खाडल न्यूनतम बनाउन वाणिज्य बैङ्कले काम गर्ने समय आएको बताउनुभयो । सेवाग्राहीले चाहेकोजस्तो सेवा प्रवाह गर्न सके सेवाग्राहीको प्यारो बैङ्क बन्नेमा कसैको दुईमत नरहेको तर्क गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तयारी गर्ने गरी लगानी गरिरहेको बताउनुभयो ।

    सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैङ्कका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गर्नुभयो ।

    उहाँले लघुउद्यम, किसानसँग वाणिज्य बैङ्कजस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको विस्तारका लागि शाखा विस्तारलाई तीव्रतासाथ अगाडि बढाएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उहाँले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफूहरूले कार्यक्रमहरू अगाडि बढाएको जिकिर गर्नुभयो ।

    यसैगरी कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।

    उहाँले वित्तीय साक्षरता, सामाजिक सामुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैङ्कको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो । प्रतिस्पर्धी बजारको मागअनुसार बैङ्कले सेवा र सुविधालाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैङ्कले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताउनुभयो ।

    साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैङ्कलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैङ्क उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो । देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैङ्कले आफ्ना सूचकलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराउनुभयो ।

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer