काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको पनि नेपाली आकाशमा आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार त्यसबाहेक हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ।
सोही कारण आज दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, कर्णालीका उच्च पहाडी र हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना पनि छ।
आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।




