• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वाइडबडी खरिदमा झण्डै ३४ करोड घुस, आपूर्तिकर्ता शर्मा अमेरिकामा दोषी ठहर


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायुसेवा निगमको बहुचर्चित दुईथान ठूला (वाइडबडी) विमान खरिद प्रकरणमा सुरुदेखि नै ठूलो आर्थिक चलखेल भएको पाइएको छ । अमेरिकी उड्डयन सहयोग कम्पनी (एएआर) कर्पोरेसन इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष दीपक शर्माले विमान खरिद गर्दा उच्च अधिकारीहरूलाई घुस खुवाएको स्वीकार गरेका हुन् । शर्माले अमेरिकाको ‘फरेन करप्सन प्राक्टिस एक्ट’विपरीत घुस खुवाएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । नेपाली मूलका बेलायती नागरिक शर्मा निगमलाई दुईवटा वाइडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआरका अध्यक्ष हुन् । अध्यक्ष शर्माले नेपाली उच्च अधिकारीहरूलाई घुस खुवाएको बयान दिएको समाचारमा उल्लेख छ ।

    Advertisement

    ग्लोबल इन्भेस्टिगेसन रिभ्यु तथा एफसीप्रोफेसर डटकमका अनुसार शर्माले नेपालमा २०१८ मे देखि अगष्टसम्म आफूसहित विभिन्न व्यक्तिले नक्कली रसिद बनाएर २५ लाख अमेरिकी डलर (हालको विदेशी विनिमय दरअनुसार ३३ करोड ९३ लाख ७५ हजार रुपैयाँ) घुस खुवाएको स्वीकार गरेका हुन् । घुस खुवाएको स्वीकार गरेसँगै शर्मा अमेरिकामा दोषी पाइएका छन् । निगमलाई दुईवटा वाइडबडी जहाज बिक्री गर्दा २५ लाख अमेरिकी डलर घुस खाएको आरोपमा अमेरिकी अदालतले शर्मालाई दोषी ठहर गरेको हो ।

    भुक्तानी वैध देखाउन नक्कली बिलहरू र सम्झौताहरू तयार गरिएको थियो । अग्रिम भुक्तानी भनेर ती घुसलाई ढाकछोप गरिएको थियो । शर्माले उक्त रकम नक्कली कागजात निर्माण गरेर अमेरिका, आयरल्याण्ड र संयुक्त अरब इमिरेट्समार्फत पठाएको खुलेको छ । शर्माले नेपाललाई मात्रै नभएर दक्षिण अफ्रिकाको वायु कम्पनीसँग काम लिन पनि घुस खुवाएको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

    २२ चैत २०८० मा त्यही वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व-पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी छन् । ती मध्येका शर्मा एक प्रमुख अभियुक्त हुन् । करिब एक अर्ब ४७ करोड ८५ लाख पाँच हजार ४८२ रुपैयाँ हानि नोक्सानी गरेको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

    निगमको वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार भएको ठहरसहित अख्तियारले दायर गरेको मुद्दा अहिले विशेष अदालतमा चलिरहेको छ । अख्तियारले पाँच वर्ष लगाएर गरेको अनुसन्धानपछि पूर्व-पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । गत २२ चैत २०८० दायर मुद्दामा २६ कात्तिकबाट विशेषले सुनुवाइ थाले पनि केही दिनदेखि हेर्दाहेर्दैमा रोकिएको छ ।

    यसरी भएको थियो चलखेल
    नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुईटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । निगमले २०७३ मा दुईवटा जहाज खरिद गर्ने निर्णय गरेर सूचना निकालेको थियो । सूचनाअनुसार १० वटा कम्पनीले प्रस्ताव हालेका थिए । त्यसक्रममा निगमले अमेरिकाको एएआर इन्टरनेसनल नामक कम्पनी छनोट गरेको थियो । एउटा कम्पनी छनोट भएकोमा पछि खरिद समझदारी (एमओयु) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफलाई एरोज पोर्चुगल कम्पनी मिसिएका थिए ।

    तीनवटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिद–बिक्री सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्याण्डमा हाइफलाई एक्स नामक कम्पनी स्थापना गरेका थिए । निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो ।

    यो समूहले आयरल्याण्डमा हाइफलाई एक्स नामक डलर पुँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ । कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडबडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो । २०७५ असार र साउनमा नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी जहाज खरिद गरेको थियो ।

    को-कोविरुद्ध दायर भएको छ मुद्दा ? 
    अख्तियारले पूर्व-पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित मन्त्रालयका तत्कालीन सचिव एवं नेवानिका तत्कालीन सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, नेवानिका तत्कालीन नायव महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन र तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । त्यसैगरी, निगमका निर्देशकत्रय उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाललाई पनि यो भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइएको छ । अख्तियारले निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ ।

    जहाज खरिदमा परामर्शदाताको भूमिका खेलेका सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवं नेवानि सञ्चालक समितिका तत्कालीन सदस्य जीवनप्रकाश सिटौला र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ । त्यसैगरी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेवानी सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव एवं निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, नेवानीका तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, टेकनाथ आचार्य र मुक्तिनाथ पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ ।

    निगमका तत्कालीन कायममुकायम निर्देशक रामहरि सेढाईं, वर्तमान नायव महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभाशकुमार आचार्यविरुद्ध पनि अदालतमा मुद्दा चलाइएको छ । त्यस्तै, निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक तथा हालका वरिष्ठ क्याप्टेन सुवास रिजालविरुद्ध पनि यो प्रकरणमा मुद्दा दर्ता भएको छ । निगमले पाँच वर्षअघि वाइडबडी विमान खरिद अघि बढाएपछि कानुनसम्मत नभएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो ।
    (Himalaya times बाट)

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer