• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाह सुस्त, आधार दर पनि घट्दो


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ ।

    Advertisement

    सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ प्रतिशतले घटेको छ । गत असारमा ८.८ प्रतिशत रहेको बैङ्कको आधार दर मङ्सिरमा ७.३२ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत आधारदर ७.४४ प्रतिशत रहेको थियो ।

    यो अवधिमा पाँच वटा वाणिज्य बैङ्कको आधार दर सात प्रतिशतभन्दा तल छ । स्ट्यान्डर्ड चार्टर्ड, नबिल, एभरेस्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैङ्कको आधार दर सात प्रतिशतभन्दा तल आएको हो । समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैङ्कको रहेको छ । यसको औसत आधार दर जम्मा ५.५३ प्रतिशत निर्धारण भएको छ ।

    मङ्सिरमा राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर सबैभन्दा कम ६.०१ प्रतिशत, नेपाल बैङ्कको ६.६२, एभरेस्ट बैङ्कको ६.४९ प्रतिशत र नबिल बैङ्कको ६.७६ प्रतिशत छ । एनआइसी एसिया र हिमालय बैङ्कको आधार दर आठ प्रतिशतमाथि छ । बाँकी सबै बैङ्कको आधार दर आठ प्रतिशतभन्दा तल छ ।

    बैङ्कले आधार दरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम थपेर दिँदा कर्जाको ब्याजदर पनि ह्वात्तै घटेको छ तर पनि कर्जाको माग बढ्न सकेको छैन ।

    नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय उद्योगी व्यवसायीमा आत्मविश्वास बढ्न नसकेर कर्जाको माग आउन नसकेको बताउनुहुन्छ । कर्जा प्रवाह बैङ्क तथा वित्तीय संस्थाले चाहेर मात्र नभई उद्योगी व्यवसायी कर्जा लिन तयार हुनुपर्ने उहाँको भनाइ छ ।

    बैङ्कहरूमा निक्षेपको ब्याजदर निरन्तर घटाउँदा निक्षेपकर्तालाई अन्याय भएको राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा । कर्जा प्रवाह बढ्न नसक्नुको कारण ब्याजदर मात्रै नभएको अहिले प्रस्ट भएको भन्दै उहाँले निक्षेपको ब्याजदर घटाएर कर्जाको ब्याजदर घटाउनु समाधान नभएको बताउनुभयो ।

    सर्वसाधारणले जम्मा पारेको निक्षेपको ब्याजदर घटाइदिनु अत्याचार भएको उहाँले बताउनुभयो तर निक्षेपकर्तालाई निचोरेर लाभ लिनका लागि लगानी बढ्नुपर्ने, रोजगारी बढ्नुपर्ने, उत्पादन बढ्नुपर्ने, निर्यात बढ्नुपर्नेमा त्यस्तो नहुँदा पुँजी पलायनको खतरा देखिएको उहाँको भनाइ छ ।

    नेपाल बैङ्कर्स सङ्घका अनुसार गत कात्तिकमा वाणिज्य बैङ्कको कुल निक्षेप ५९ खर्ब तीन अर्ब ५७ करोड रुपियाँ रहेको छ भने कर्जा प्रवाह ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपियाँ रहेको छ ।

    कात्तिकमा बैङ्कको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) औसत ७७.०५ प्रतिशत छ । सङ्घका अनुसार हाल बैङ्कसँग सात खर्ब ११ अर्ब ३८ करोड रुपियाँ लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग प्रशस्तै लगानीयोग्य रकम हुँदा सिडी रेसियो पनि घट्दो नै छ । हाल बैङ्क तथा वित्तीय संस्थाले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल सबै बैङ्कहरू सहज अवस्थामा कर्जा प्रवाह गर्ने सक्ने अवस्थामा भए पनि कर्जाको माग बढ्न सकेको छैन ।(गोरखापत्रबाट)

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer