• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिसो बढेसँगै भेँडीगोठ बिस्तारै बेँसी झर्न थाले


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाजुराको पूर्वी उत्तरमा पर्ने बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगनाथ गाउँपालिकाका भेडीगोठ धमाधम औल झर्न थालेका छन् । मङ्सिरको पहिलो साता देखिनै यहाँको हिमाली भेगमा निकै चिसो बढेसँगै अहिले ती भेँडीगोठ बिस्तारै औल बेँसी झर्न थालेका हुन् ।

    Advertisement

    चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयाममा तातो बढेसँगै फेरि ती भेडीगोठ लेकमा सार्ने चलन छ । यहाँको पूर्वी क्षेत्रमा रहेका भेडापालक स्थानीयहरूको यो चलन पहिलेको पुस्ता देखि अहिलेसम्म उस्तै रहेको छ ।

    चिसो समय यहाँका अधिकांश ठाउँमा हिमपात हुने गर्छ । भेडाबाख्राले खाने कुरा सबै हिउँले परिन्छ । यहाँ भेडालाई त्यतीबेला चरिचरन गर्न समस्या हुने भएपछि भेडीगोठ औल सार्ने गरेको बुढीनन्दा नगरपालिका स्थानीय प्रमीला गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हिउँदको महिना औल (बेँसी) तिर तातो हुने भएकोले यहाँका भेडीगोठलाई त्यहाँ चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना त्यहाँ गर्मी हुने भएकोले त्यति बेला फेरि ती भेडीगोठलाई लेकमै फर्काउने गर्दछौँ ।”

    पुस्ताले व्यवसाय तथा भेडापालन गर्नका लागि भेडीगोठलाई औल सार्ने गर्थे । उनीहरूले तल्लो क्षेत्रका बुढीङ्गगा, त्रिवेणी, खप्तड छेडेदह र छिमेकी जिल्ला अछामका विभिन्न ठाउँमा लाने र त्यहाँका स्थानीयको गाउँ घरमा नुन तेल चामल बिक्री गर्ने गर्थे । अहिले ती सबै गाउँ बस्तीमा सडक पुगेपछि गाडी गुड्न थालेका छन् । पहिला हाम्रा पुस्ताले उनीहरूको घरमा लिएर बिक्री गर्ने नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य सामाग्री अहिले गाडीले घरमै पुगाई दिन्छ ।

    अहिले हामीलाई व्यवसायको लागि नभई खाली भेडाबाख्रा पालन पोषण गर्न लागि मात्र यी भेडीगोठलाई औल तिर लिने गरेको गुरुङले बताउनुभयो । जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयको भेडापालन पेसालाई पुर्खौली पेसाको रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेँडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गर्थे ।

    उनीहरूले भेडामा दैनिक उपभोग्य सामाग्री ढुवानी गरी यहाँका अधिकांश गाउँ बस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ ।

    यती मात्र होइन अहिले यहाँका भेडापाकललाई भेडापालन गर्न समेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रा पालनमा यो सङ्कट आएको हो ।

    भेडाबाख्रा चरिचनर नगर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ । तर यहाँ भएका सबै वन सामुदायिक भएकोले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नु पर्ने अवस्था आएको छ ।

    यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा ६ हजार, स्वामिकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जनगाथना गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजार भन्दाबढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताउनुभयो ।

    यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । यो भन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतीबेला कमी आएको छ ।

    यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएको कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताउनुभयो ।(गोरखापत्रबाट)

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer