काठमाडौं । आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। हाल देशमा मौसम सम्बन्धि कुनै पनि प्रणाली छैन। यतिबेला (बुधबार बिहान) देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
Advertisement
तर, बिहानको समयमा भने तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ।
त्यसैगरी आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।




