• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वैदिक संस्कृति संरक्षण गर्न देशभरका धार्मिक अगुवाहरुको भेला आह्वान


  •   बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । वैदिक संस्कृति संरक्षण र राष्ट्रियताको रक्षा गर्ने भन्दै काठमाडौंमा देशभरका धार्मिक संघसंस्थाहरुको भेला आह्वान गरिएको छ ।

    Advertisement

    भेला पुस महिनाको ५ र ६ गते काठमाडौंको चाबहिलमा हुनेछ । राष्ट्रियताको रक्षाका लागि साझा धारणा बनाउने भेलाको उद्देश्य छ ।

    भेला आयोजनाका लागि सक्रिय डा. बासुदेवकृष्ण शास्त्रीले भने, ‘हिन्दु, बौद्ध, किराँत सहित नेपालमा जति पनि धार्मिक समितिहरु छन् ती सबैका अध्यक्ष र महासचिवहरुलाई भेलामा बोलाएका छौं । त्यसबाट एउटै छाता संगठन बनाउने र देशभर जनजागरको अभियान चलाउने छ ।’

    भिन्नभिन्न समितिमा रहेर भिन्नभिन्न ढंगले गतिविधि गर्दा प्रभावकारी नभएको भन्दै ठूलो शक्ति निर्माणको योजना अनुसार भेला आह्वान गरिएको हो ।

    ‘देश भद्रगोल अवस्थामा पुगेकाले अब हामी सबैको एउटै दृष्टिकोण, एउटै विचार, एउटै सिद्धान्त, एउटै लक्ष्य बनाएर अघि बढ्नुपर्ने छ,’ शास्त्रीले भने ।

    यसै सन्दर्भमा सन्चारकर्मीले डा. शास्त्रीसँग गरिएको कुराकानीको:

    यो भेलाको आयोजक को हो ?

    यो भेला हामीले नै गरेका हौं । विश्व ओमकार जागरण अभियान छ । त्यसमा हामी स्वदेश, विदेशका सबै छौं । विभिन्न क्षेत्रका धार्मिक, साँस्कृतिक क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । अहिले देशभरबाट धमाधम प्रतिनिधिहरुलाई बोलाउने काम भइरहेको छ । कुनै पनि धार्मिक संघसंस्थाहरु नछुटुन् भन्ने कुरालाई ख्याल राखेका छौं ।

    भेला किन आवश्यक पर्‍यो ?

    राष्ट्रियता संकटमा परेको छ । देश भद्रगोल अवस्थामा छ । यसलाई सही दिशा दिन सामूहिक पहल र सामूहिक दबाब आवश्यक छ । त्यही भएर साझा दृष्टिकोण, साझा विचार, साझा चिन्तन र एउटै लक्ष्य बनाएर शान्तिपूर्ण जनजागरण अभियान चलाउनुपर्ने भएको छ ।

    राष्ट्रियता कोबाट संकटमा पर्‍यो ?

    नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेदेखि केके भइरहेको छ, राजनीति कसरी चलिरहेको छ, कसको चलखेल भइरहेको छ भन्ने सबै छर्लङ्गै छ नि ।

    तपाईंहरुले हिन्दू राष्ट्र स्थापनाको लक्ष्यसहित विभिन्न गतिविधि गर्दै आउनु भएको छ । यो भेला पनि त्यही अन्तर्गतको हो ?

    नेपालको प्राण भनेको यहाँको वैदिक संस्कृति हो, सनातन संस्कृति हो । यहाँको सनातन संस्कृतिमा बौद्ध, जैन, शिख, किराँत सबै धर्म परम्पराहरु छन् । आ–आफ्ना उपासना पद्दतीहरु छन् । तर राष्ट्रियताको सवालमा हामी सबै एक छौं । सनातन हिन्दु राष्ट्र बहुसंख्यक नेपालीहरुको चाहना हो र हाम्रो चाहना पनि त्यही हो । सनातन परम्परातका आधारमा यहाँको अर्थतन्त्र, सामाजिक र राजनीतिक व्यवस्था चल्नुपर्छ । यहाँको सामाजिक संरचना, विश्व बन्धुत्व, राष्ट्रियता, अखण्डतामा जुन हाम्रो निरन्तर क्रियाशीलता छ । त्यही क्रियाशीलता अन्तर्गत भेला हुन लागेको हो ।

    भेलामा हिन्दूसँग सम्बन्धित संघसंस्थाहरुको मात्रै हो कि अरुलाई पनि बोलाउनु भएको छ ?

    यसमा डा. चिन्तामणि योगी हुनुहुन्छ । म आफैं छु । व्यासाचार्य किशोर गौतम हुनुहुन्छ । पुष्पराज पुरुष हुनुहुन्छ । मेचीदेखि महाकालीसम्मका भिन्नभिन्न क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । सबै धार्मिक संघसंस्था र समितिका व्यक्तिहरुलाई बोलाएका छौं । बौद्ध, जैन, शिख, किराँत सबै खालका व्यक्तित्वहरुलाई बोलाएका छौं ।

    किनकि हाम्रो सनातन संस्कृति र धर्म परम्पराको रुपमा हामी सबै एकै ठाउँमा छौं । किनभने यो राष्ट्र र राष्ट्रियताको रक्षाका लागि हामी सबैको सामूहिक दायित्व हुन्छ । यो काम हिन्दुले गरेर मात्रै हुँदैन । त्यसैले भिन्नभिन्न क्षेत्रमा धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा संघसंस्थाहरुले गरिरहेको कामलाई अब एउटै धारणा, दृष्टिकोण र लक्ष्य बनाएर राष्ट्रव्यापी रुपमा जनजागरण अभियान चलाउँछौं ।

    त्यो जनजागरण अभियान कस्तो खालको हुन्छ ? के–के कार्यक्रम गर्नुहुन्छ ?

    कार्यक्रम कस्तो खालको हुने, के–के गर्ने भन्ने कुरा पनि पुस ५ गते र ६ गते हुने बसाइले नै टुंगो लगाउँछ । साझा एजेण्डा र साझा दृष्टिकोण तय गरेपछि मेचीदेखि महाकालीसम्म तन, मन, बचनले कार्यक्रम गर्छौं ।

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer