• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पछिल्लो समय दक्षिण कोरियामा नेपालीको अवस्था यस्तो छ


  •   बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । दक्षिण कोरियामा “सैनिक शासन लगाउने” राष्ट्रपतिको निर्णय छ घण्टापछि फिर्ता भएको भए पनि विदेशी नागरिक र श्रमिकहरू अब के हुन्छ भनेर चिन्तित बनेको त्यहाँ कार्यरत केही नेपालीले बताएका छन्।

    Advertisement

    यद्यपि बुधवार दिउँसोसम्म अवस्था सामान्य देखिएकाले नेपालीहरूले पीर नगरे हुने सोलस्थित नेपालका कार्यवाहक राजदूतले बताएका छन्। दक्षिण कोरियामा वैदेशिक रोजगारी, व्यापार व्यवसाय र अध्ययनका लागि गएकासहित झन्डै ७०,००० नेपाली रहेको नेपाली दूतावासले जनाएको छ।

    राष्ट्रपति यून सुक यउलले घोषणा गरेको ‘मार्शल ल’ फिर्ता भए पनि विपक्षी दलका सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रस्ताव अगाडि बढाएका छन्। त्यहाँ राजनीतिक सङ्कट उत्पन्न हुन सक्ने संशय भने बाँकी छ।

    “राष्ट्रपतिले अचानक घोषणा गर्दा केही त्रास उत्पन्न भएको थियो। विदेशीहरूबारे प्रोटोकल राख्ने भन्ने कुरा आएको थियो। अहिले चाहिँ यहाँको अवस्था एकदमै सामान्य छ,” सोलस्थित राष्ट्रपति कार्यालयनजिकै बस्ने नेपाली व्यवसायी ध्यान राईले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

    “अहिले यहाँ रहेका नेपालीहरूमाझ कुनै डर त्रास छैन।”

    मङ्गलवार राति सैन्य कानुन लागु गर्ने घोषणा गर्दा राष्ट्रपतिले “उत्तर कोरियाका कम्युनिस्टहरूबाट खतरा रहेको” बताएकाले विदेशी नागरिकहरूलाई युद्ध हुन लागेको हो कि भन्ने शङ्का लागेको थियो। तर उनको कदम बाह्य चुनौतीका कारणभन्दा पनि आन्तरिक राजनीतिक समस्याका कारण भएको स्पष्ट भयो।

    तस्बिरको क्याप्शन,दक्षिण कोरियमा राष्ट्रपतिले सैन्य कानुन लागु गरेपछि त्यसको विरोध गर्न संसद् भवनबाहिर ठूलो सङ्ख्यामा सर्वसाधारण मानिसहरू भेला भएका थिए ।

    दक्षिण कोरियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीहरूको सङ्ख्या पनि ठूलो रहेका कारण राती केही बेर ‘मार्शल ल’ लागु हुँदा धेरै नेपालीहरूमाझ चिन्ता उत्पन्न भएको त्यहाँ रहेका नेपालीहरूले बताएका छन्।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाका संस्थापक समेत रहेका राई नेपालीहरू ‘मार्शल ल’को आदेश फिर्ता नहुँदासम्म नसुती बसेको बताउँछन्।

    “राति केही समय तनावको अवस्थामा बसे साथीहरू। भरे के हुन्छ, भोलि बिहान के हुन्छ भन्ने थियो,” उनले भने।

    संसद्‌ले ‘मार्शल ल’को विपक्षमा निर्णय गरेपछि राष्ट्रपतिले स्थानीय समयानुसार बिहान ४ बजे आफ्नो निर्णय फिर्ता लिएका थिए। “त्यसपछि त जनजीवन सामान्य अवस्थामा फर्केर गयो नि,” राईले भने।

    नेपाली मूलकी कोरियाली नागरिक तथा समाजसेवी लक्ष्मी गुरुङले आफूहरू पनि राष्ट्रपतिको निर्णय फिर्ता नहुँदासम्म जागै बसेको बताइन्।

    “हामी रातभरि टीभी हेरेर बस्यौँ, मेरा बच्चाहरू पनि भोलि नै नेपाल जाऔँ भन्न थालिसकेका थिए,” उनले भनिन्।

    सैनिक शासन लागु भएको अवस्थामा भने आफूहरूलाई पनि कठिन हुन सक्ने आकलन नेपालीहरूको थियो।

    “राति यहाँ कोरियालीहरूमाझ पनि खैलाबैला हुँदा हामी विदेशीहरूलाई पनि के होला, कसो होला भन्ने भएको थियो। सामाजिक सञ्जालमा पनि त्यही मात्रै थियो, तर विदेशीहरूलाई केही असर पर्दैन भन्ने सान्त्वना पनि दिइएको थियो,” सोलनजिकै रहेको ख्यङ्गिदो प्रान्तबाट चिनाहाङ लिम्बूले भने। उनी विद्यार्थी हुन्।

    उनका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिले सैनिक शासन लगाउनुको कारण उत्तर कोरियाली चुनौती देखाएका कारण नेपाली समुदायमाझ उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणबारे अनुमान र त्रास समेत फैलिएको थियो।

    लिम्बूले उत्तर कोरियाबाट समयसमयमा बलून र ड्रोनहरू दक्षिण कोरियातर्फ आउने गरेका कारण पनि नेपालीहरूमाझ दुई देशबीच हुन सक्ने तनावका कारण त्रास उत्पन्न हुने गरेको बताए।(बिबिसि)

    बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer