• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मुलुकको आर्थिक अवस्थामा निक्कै सुधार भएको छ: अर्थमन्त्री पौडेल


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो ।

    Advertisement

    स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो ।

    बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भयो । उहाँले मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गर्नुभयो । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरि काम गर्न सरकार अग्रसर छ’, पौडेलले भन्नुभयोे ।

    उहाँले यो सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरि मूलुक चलायमान बनाउने दावी गर्नुभयो। ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरि काम गर्न लागेको छ’, उहाँले भन्नुभयो, ‘उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’

    वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठीक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको पौडेलको भनाई छ ।

    पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गर्नुभयो। ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको बताउनु भयो ।
    पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशः कार्यान्वयन हुँदैछन् । नीजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ, हामी चलाएर देखाउँछौं ।’

    अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताउनु भयो । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउदै निराशा छर्ने काम भएको गुनासो गर्नुभयो । बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको वताउनु भयो। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएको पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउने सरकारले लगानी गर्दै जाने बताउनु भयो ।

    लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले यो मुलुक पर्यटनकै लागि बनेको बताउनु भयो । उहाँले भन्नुभयोे, ‘हामीसँग लुम्बिनी छ, तर लुम्बिनी पर्यटक आउने बातावरण छैन । यसका लागि काम गरौं । पर्यटकलाई दुःख दिएर हुँदैन ।’ उहाँले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको वताउनु भयो । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताउनु भयो । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उहाँले भन्नुभयोे, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको उहाँले बताउनु भयो ।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको वताउनु भयो। ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उहाले भन्नु भयो ‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’

    संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको वताउनु भयो । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उहाँले बताउनु भयो।

    उहाँले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने बताउनु भयो । व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो ब्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने अध्यक्ष क्षेष्ठको भनाई छ ।

    गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गर्नु भयो ।

    यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डल बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान संचालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहजरुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकारसँग राख्नु भयोे ।

    ३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताउनु भयाे । उहाँका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताउनु भयो ।

    महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो । महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्षा छ ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer