• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाललाई १२ अर्ब अनुदान, ऋण लिनेगरी कुनै सम्झौता भएको छैन: प्रधानमन्त्री ओली


  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनको चारदिने औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा संचारकर्मिसंग बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले, चिनले १२ अर्ब बढी अनुदान दिने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने औपचारिक भ्रमणका क्रममा चीनले पुरानो र नयाँ गरी १२ अर्ब चार करोड अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार चीनका तर्फबाट विसं २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब दुई अर्ब ७० करोड)का अतिरिक्त राष्ट्रपति सी जिनफिङले थप अनुदान ५०० मिलियन (नौ अर्ब ३४ करोड) अनुदान घोषणा गर्नुभएको हो । ‘चीन सरकारका तर्फबाट विसं २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब दुई अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङले थप अनुदान ५०० मिलियन (नेपाली नौ अर्ब ३४ करोड) अनुदान घोषणा भएको छ,’ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । योपटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरू अघि सारेको उहाँले बताउनुभयो ।

    Advertisement

    यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिनेगरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पार्नुभएको छ । चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बिआरआई फ्रेमवर्कमा सम्झौता भए पनि ऋणको विषयमा कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । बिआरआई फ्रेमवर्कले ऋणसँग कुनै सरोकार नराख्ने भन्दै अरू कुराहरू हरेक कार्यान्वयनमा छुट्टाछुट्टै सम्झौताहरू हुने उहाँले बताउनुभयो । चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुरै नचलेको भन्दै नेपालमा ऋणकै रटान लगाइएको भन्दै असन्तुष्टि जनाउनुभयो । ‘मैले नजाँदै भनेको थिएँ हामी कुनै ऋण लिन हामी जाँदै छैनौँ । ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । छलफल पनि भएन,’ उहाँले भन्नुभयो, ‘हामीले यसपटक बिआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौँ । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं । अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ ।’

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ गत सोमबार चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो ।

    प्रधानमन्त्री बनेपछिको यो नै उहाँको पहिलो द्विपक्षीय भ्रमण हो । यसअघि उहाँ संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन असोज पहिलो साता अमेरिका जानुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुभएको थियो । यसैगरी आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय सझदारी र सम्झौतासमेत भएका थिए । भ्रमणका क्रममा बिआरआई फ्रेमवर्कमा समेत हस्ताक्षर भएको थियो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरै उठेन
    प्रधानमन्त्री ओलीले आफ्नो चारदिने चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा नउठेको स्पष्ट पार्नुभएको छ । पोखरा विमानस्थलबारे चीनसँग कुनै कुरा भएन ? भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुरा उठेन ।’ चीन भ्रमणमा जानुअघि एमाले र कांग्रेसबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चीनसँग लिइएको ऋण सहायता अनुदानमा रूपान्तरण गर्न अनुरोध गर्ने सहमति भएको थियो ।

    चिनियाँ ठेकेदारले नेपालमा गरेका कार्यमा ढिलासुस्ती भएको सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । चिनियाँ ठेकेदारले बनाउँदै गरेको नारायणगढ-बुटवल सडकखण्ड अबको दुई वर्षमा सम्पन्न हुने उहाँले दाबी गर्नुभयो । ‘नारायणगढ-बुटवल सडकखण्डको निर्माण कार्य पुनः प्रारम्भ भइसकेको छ । अथवा केही दिन हुन्छ, यो प्रारम्भ गर्ने भन्ने सहमति भइसकेको छ । २०८३ साल मंसिर भित्रमा निर्माण कार्य सम्पन्न हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    सरकार तलमाथि नहुने प्रष्टोक्ति
    प्रधानमन्त्री ओलीले सत्ता समीकरण र सरकारमा कुनै तलमाथि नहुने स्पष्ट पार्नुभएको छ । पूर्व-सहमतिअनुसार नै आफ्नो कार्यकाल सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाँले स्पष्ट पार्नुभयो । अब करिब १८ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । ‘अब मैले करिब १८ महिना होला सरकार चलाउने हो । मेरो पालोपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ,’ सरकारको आयुबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो । कांग्रेससँग आगामी निर्वाचनसम्म सहकार्य गर्ने सम्झौता भएको उहाँको भनाइ थियो । चुनावपछि भने आउने नतिजाअनुसार सरकार बन्ने उहाँले बताउनुभयो । ‘हामी सबैले बहुुमत ल्याउने कोसिस गरौँला । बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ । हरेकलाई विश्वास होला । विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरू तरिका होलान् ।’

    उत्तर गएर जोखिम मोलेको भन्ने कुरा आधारहीन
    प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणलाई लिएर कतै ढल्केको भन्न नमिल्ने बताउनुभयो । तर, केही दक्षिणी सञ्चार माध्यमहरूले छिमेकीलाई भड्काउने र आक्षेप लगाउने गरेको उहाँले बताउनुभयो । आफू चीनतिर ढल्केको भनेर भारतीय मिडियामा भएको प्रचार गलत भएको उहाँले बताउनुभयो । दक्षिणतिरबाट तपाईंलाई उत्तरतिर ढल्कियो भन्ने आरोप छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञामा उहाँले भन्नुभयो,
    ‘यस्तो कुरा मैले त्यति थाहा पाएको छैन । दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यत्ति भन्न सक्छु ।’

    अब दक्षिण (भारत) भ्रमणको चाँजोपाँजो मिलाउने उहाँले बताउनुभयो । दक्षिणतिर भ्रमण कहिले हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा अहिले यहाँ फर्किएकै दिन कसरी टुंगोे हुन्छ ? पहिला दक्षिणको भ्रमण गरेर उत्तर जाने परम्परा यसपालि उत्तर गएर आफूले जोखिम मोलेको भन्ने कुरा पनि आधारहीन र अर्थहीन भएको उहाँले बताउनुभयो ।

    नेपाल-चीन मित्रता कसैका विरुद्धमा होइन
    उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एकदमै राम्रो कुराकानी भएको बताउनुभयो । नेपाल-चीन मित्रता हाम्रो मित्रता अरू कसैका विरुद्धमा नभई हाम्रो पक्षमा मात्र भएको उहाँले बताउनुभयो । ‘चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एकदमै राम्रो कुराकानी भयो । नेपाल-चीन मित्रताको कुरा भए । मित्रता प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता अरू कसैका विरुद्धमा होइन, हाम्रै पक्षमा मात्र हो,’ उहाँले भन्नुभयो, ‘यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म धेरै लाभ नेपाललाई पुर्‍याउने भन्ने कुरा पनि भयो ।’
    (Himalaya times)

    शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer