काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहेको छ ।
तराईका भूभागहरू तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आइतबार कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हिमपात हुने सम्भावना रहेको छ।




