• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन महिनामै साढे अठहत्तर खर्ब तरलता प्रशोचन: राष्ट्र बैङ्क


  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।

    Advertisement

    नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत पाँच खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधालगायतका उपकरणमार्फत खुद तीन खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो ।

    तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले राष्ट्र बैङ्कले तरलताको व्यवस्थापन गर्ने काम गर्दै आएको छ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैङ्कले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रवाह गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरी तरलता प्रशोचन गरिन्छ ।

    बैङ्किङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैङ्किङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप सङ्कलन गरिन्छ वा सोझै बिक्री उपकरण प्रयोग गरिन्छ । त्यस्तै सोझै खरिद उपकरणमार्फत तरलता प्रवाह गरिन्छ ।

    यसबाहेक राष्ट्र बैङ्कले ऋणपत्रमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक ब्याजदर कोरिडोर, सिसिडी रेसियो, अन्तरबैङ्क कारोबारलगायतका नीतिगत व्यवस्था एवं मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्ने गर्दै आएको छ ।

    समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्कहरू) बाट अमेरिकी डलर एक अर्ब ४७ करोड खुद खरिद गरी एक खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २६ करोड खुद खरिद गरी एक ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी एक खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

    मुद्दती निक्षेपमा चार अर्ब लगानी

    राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा चार अर्ब ३७ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

    राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषतर्फ वाणिज्य बैङ्कमा दुई अर्ब ४० करोड रुपियाँ, विकास बैङ्कमा ४५ करोड रुपियाँ र फाइनान्स कम्पनीमा १५ करोड रुपियाँ गरी कुल तीन अर्ब रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । यस्तै कर्मचारी सुरक्षण कोषतर्फ वाणिज्य बैङ्कमा एक अर्ब नौ करोड ६० लाख रुपियाँ, विकास बैङ्कमा २० करोड पाँच लाख रुपियाँ र फाइनान्स कम्पनीमा छ करोड ८५ लाख रुपियाँ गरी कुल एक अर्ब ३७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैङ्कले उक्त निक्षेप २०८१ पुस २ देखि २०८२ पुस २ गतेसम्म ३६६ दिन अवधिका लागि राख्न लागेको हो ।

    मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाले मङ्सिर २३ गतेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।(गोरखापत्रबाट)

    आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer