काठमाडौं । देशव्यापी जाडो बढेसंगै आज बिहान तराई र काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु तथा थोरै ठाउँमा कुहिरो लाग्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।
सोही कारण आज दिउँसो कोशी र मधेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
आज राति कोशी, मधेश र वागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।




