• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिमेन्टको मूल्य घटाउने सहमति


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिमेन्ट उद्योगीले सिमेन्टको मूल्य घटाउने भएका छन् । चौतर्फी दबाबपछि उनीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका हुन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलपछि सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभएको छ । अध्यक्ष सिंहका अनुसार सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपैयाँ र पिपिसी सिमेन्ट छ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

    Advertisement

    सिमेन्ट उत्पादकहरूले अत्यधिक मूल्यवृद्धि गरेका विषयमा बैठकमा दुवै पक्षबीच छलफल भएको र काठमाडौंमा सात सयमा ओपिसी सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएको सिंहले बताउनुभयो । आफूहरूले सिमेन्ट उद्योगहरू धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ थियो ।

    सिमेन्ट उद्योगीले बिनाकारण मिलेमतोमा सिमेन्टको मूल्य बढाउन थालेपछि निर्माण व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायी काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको थियो । सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुनः सरकारलाई ध्यानाकर्षण गराउँदै महासंघले सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । महासंघका अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायी काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको हो । विभागले भने सिमेन्टको मूल्य बढ्नुका कारणसहित सिमेन्ट उद्योगहरूसँग मूल्यसूची माग गरेको थियो ।

    निर्माण व्यवसायीले विभागलगायत सरकारलाई समेत केही सिमेन्ट कम्पनीले सिमेन्टको मूल्यमा दुई सय रुपैयाँ बढाएको भन्दै उजुरी दिएकाले व्यवसायीसँग सरकारले छलफल सुरु गरेको थियो । अन्तर्राष्ट्रियस्तरमा कुनै कुराको मूल्यवृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका कारण भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको निर्माण व्यवसायीले गुनासो गर्दै आएका थिए । पछिल्लो समय प्रतिबोरा ३० देखि ५० रुपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले जनाएको छ । संघका अनुसार सिमेन्ट उत्पादक कम्पनीहरूले निरन्तर सिमेन्टको मूल्य बढाउँदै आएका छन् । एक महिनाको अवधिमा सिमेन्टमा डेढ सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि भइसकेको छ ।

    दशैँअघि बजारमा उपभोक्ताका लागि पिपिसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रुपैयाँदेखि पाँच सय २५ रुपैयाँसम्म र ओपिसी सिमेन्ट छ सयदेखि छ सय २५ रुपैयाँसम्म थियो तर गत साता शुक्रबारदेखि लागू हुने गरी पुनः मूल्य बढेपछि पिपिसी सिमेन्टको मूल्य काठमाडौंका ग्राहकका लागि प्रतिबोरा छ सय ५० रुपैयाँदेखि सात सय रुपैयाँसम्म पुगेको छ भने ओपिसी सिमेन्ट सात सय ३० देखि सात सय ८० रुपैयाँसम्म पुगेको सम्बद्ध व्यवसायीले बताएका छन् ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer