• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हिउँको आँगन, पिठ्युमा नानी, खुल्ला आकाशमुनी पढांउदै जुना


  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । ईच्छा भए कसैले छेक्दैन । यो दृश्य हो बाजुराको । त्यो पनि स्कुलको शिक्षिकाको, चौरभरी हिउ छ, पिठ्युमा नानी खुल्ला आकासमा कक्षा ।

    Advertisement

    बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ । यहाँका हिमाली क्षेत्रका अधिकांश ठाउँमा बाक्लो हिमपात भएपछि अहिले निकै चिसो बढेको छ । चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।

    हिउँको चिसोले स्थानीयवासीलाई घरबाहिर आउजाउ गर्नसमेत कठिन भएको बेला बुढीनन्दा नगरपालिकाका–९ स्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयकी शिक्षिका जुना रावत भने पाँचमहिने आफ्नो शिशुलाई पिठ्यँुमा बोकेर बालबालिकालाई पढाइरहनुभएको छ ।

    अधिकांश महिलालाई चिसोका कारण घरबाहिर जान कठिन छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो, उसैमा बाहिर बाक्लो हिमपात भएका बेलामा शिक्षिका रावतले भने पाँच महिनाकी छोरीलाई पिठिउँमा राखेर बालबालिकालाई पढाइरहनुभएको छ ।

    यहाँ प्रायः जनजाति भोटे समुदायको बसोबास छ । उनीहरूको पेसा भेडापालन हो । उनीहरू जाडोका बेला भेडासँगै औल जाने र गर्मीमा लेक सर्ने गर्दछन् । बालबालिकाहरू पनि बाआमासँगै औल र लेक जाने भएकाले हिउँदको चिसोमा यहाँका अधिकांश विद्यालय खाली हुन्थे, जसले गर्दा भोटे समुदायका बालबालिका लामो समय पढाइबाट वञ्चित थिए ।

    यही समस्यालाई ध्यान दिँदै पछिल्लो समय जति चिसो भए पनि बालबालिकालाई विद्यालयमा नै राखेर पढाउने गरिएको छ । त्यसैले शिक्षिका रावत आफ्नी पाँच/छ महिनाकी शिशुलाई पिठिउँमा बोकेर पढाउनुहुन्छ । अहिले यो विद्यालय शनिबार र बिदाको दिनबाहेक हिउँदको चिसो होस् या बर्खाको झरी सबै दिन सञ्चालन हुन्छ ।

    “चिसोको निहुँमा यी बालबालिका पढाइबाट वञ्चित हुँदै आएका थिए । अहिले हामीले चिसोमा न्यानो लुगा लगाएर वा आगो बालेर पनि पढाउने गर्छौं । मेरा लागि विद्यालय आउने बालबालिका र मेरी छोरी समान हुन्,” शिक्षिका रावतले भन्नुभयो, “मैले मेरी सानी छोरीलाई चिसो भयो भन्दै घरमा बसे यी बालबालिकाको पढाइ पनि रोकिन्छ । त्यसैले बच्चीलाई लिएर विद्यालय आउने गरेकी छु ।”

    अभिभावकसँगै औल र लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका बालबालिका अहिले विद्यालयमै बसेर पढ्न थालेपछि उनीहरूको पढाइमा पनि राम्रो सुधार आएको शिक्षिका रावतले बताउनुभयो ।

    सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आवासीय विद्यालयमा जनजाति, दलित, हलियाका टुहुरा, अनाथ बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरिएको प्रधानाध्यापक तुलाबहादुर रावतले जानकारी दिनुभयो ।

    हिमपातका कारण चिसो बढे पनि आफूहरूले पढ्न नछोडेको कक्षा ५ मा अध्ययनरत छात्र उमेश रावतले बताउनुभयो । चिसो भएपछि आगो बालेर पढ्ने गरेको बताउँदै रावतले भन्नुभयो, “हामी सधैँ यसै विद्यालयमा बस्ने र खाने गर्छौं । हिउँ परेको बेला चिसोले पढाइमा असर पर्ने भएकाले अहिले आगो बालेर पढ्छौँ ।”

    यो हिउँदमा पनि ६६ जना बालबालिका विद्यालयमा बसेर अध्ययन गरिरहेका छन् । जसमा दस जना अनाथ, एक जना जनजाति, १५ जना द्वन्द्वपीडित दलित र ४० जना भोटे समुदायका छन् । बालबालिकाहरू हिउँद, बर्खा नै विद्यालयमा बसेर अध्ययन गरिरहेको प्रधानाध्यापक रावतले बताउनुभयो ।(गोरखापत्रबाट)

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer