काठमाडौं । आज बिहान तराई र काठमाडौं उपत्यकाका धेरै ठाउँमा हुस्सु लाग्ने र अन्यत्र मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।




