• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल पत्रकार महासंघ चुनाव, नतिजा आउने क्रम जारी


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि भएको निर्वाचनमा रुकुम पूर्व, ताप्लेजुङ, तनहुँ र कञ्चनपुरको मत परिणाम सार्वजनिक भएको छ।

    Advertisement

    महासङ्घ रुकुम–पूर्वको शाखा अध्यक्षमा वसन्त बाँठा निर्वाचित भए। उनको प्यानलै निर्वाचित भएको हो। ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित भए। उनको प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत ल्याए।

    खुला उपाध्यक्षमा बालाराम शेर्पाली, महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा नीराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री निर्वाचित भए।

    नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

    कुल ४४ मत खसेकोमा रेग्मीले २३, उहाँका निकटम प्रतिद्वन्दी प्रविर ददेलले १६ र अमरराज पुनले ५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ। त्यसैगरी उपाध्यक्षमा देवकुमार ओलीले २४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी दिवस पोखरेलले १५ र समाजवादी प्रेस संगठनका भरत चन्दले ४ मत ल्याउनुभएको छ ।

    सचिव पदमा २६ मतसहित दिपेन्द्र महतारा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी परिचन्द्र खत्रीले १७ मत पाउनुभएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित तीनैजना प्रेस सेन्टर निकट हुनुहुन्छ।

    साधारण सदस्य ६१ जना रहेकामा ४४ मत खसेको थियो । १ मत बदर भएको छ । महिला उपाध्यक्ष, खुला सहसचिव, समावेशी सहसचिव र कोषाध्यक्षमा यसअघि नै निर्विरोध भइसकेका छन् ।

    महिला उपाध्यक्षमा सुमित्रा केसी, सहसचिव खुलामा प्रचण्ड खत्री र सहसचिव समावेशीमा छिमा केसी, कोषाध्यक्षमा सन्देश जैसी निर्विरोध हुनुभएको छ ।

    त्यसैगरी दलित सदस्यमा क्षितिज विश्वकर्मा र केन्द्रिय परिषद सदस्यमा गणेश विक पनि निर्विरोध हुनुभएको छ।

    महिला सदस्य, आदिवासी जनजाति सदस्य, खुला सदस्य, अन्य सदस्य, प्रदेश परिषद सदस्य र प्रदेश समावेशी सदस्यमा गरी ६ पदमा भने कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन समितिमा सदस्य अधिवक्ता अमर ओलीले जानकारी दिनुभयो ।

    ताप्लेजुङ शाखामा सुवास आचार्य सर्वसम्मत अध्यक्ष भए। जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव सहारा लिम्बू चयन भए। समावेशी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन भएका छन्।

    महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डिपी) विजयी भए। ३३ मत ल्याएर उनले प्रतिस्पर्धी नारायण खड्कालाई पराजित गरे। खड्काले ११ मत पाएका थिए।

    खुला उपाध्यक्षमा प्रताप राना, सचिवमा कृष्णचन्द्र न्यौपाने, सहसचिव खुलामा ऋषिकान्त दुवाडी निर्वाचित भए। यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा लगायत निर्विरोध भएका थिए।

    महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी ५८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत पाए। उपाध्यक्ष खुलामा अमरबहादुर चन्द, उपाध्यक्ष महिलातर्फ धर्मा रोकाया निर्वाचितहुँदा सचिवमा कुन्दन पाण्डेय निर्विरोध भइन्।

    नेपाल पत्रकार महासंघ बर्दिया शाखाको शुक्रवार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्मल घिमिरे १७ मत अन्तरले निर्वाचित हुनुभएको छ । सो निर्वाचनमा ३६ मत प्राप्त गरी घिमिरे विजयी हुनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।

    अध्यक्ष पदका प्रतिस्प्रधि सन्तोष पौडेलले १९ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा पुष्पा चौधरी, सचिव पदमा यज्ञप्रसाद सापकोटा विजयी हुनुभयो । सचिव पदका प्रतिस्पर्धि केशव कोइरालाले ५ मत प्राप्त गर्नुभयो ।

    यस्तै महासंघको कोषाध्यक्षमा हरि गुरुङ ३५ मतका साथ विजयी हुनुभयो । कोषाध्यक्ष पदका प्रतिस्पर्धि मीन अधिकारीले १७ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचनमा कुल ६२ मतदाता मध्ये ५५ मत खसेको थियो । अन्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा डिल प्रकाश गौतम, महिला उपाध्यक्षमा पुष्पा चौधरी, सहसचिवमा भिम उचै ठकुरी र सरम चौधरी निर्विरोध निर्वाचित हुनुभयो । यस्तै महासंघ कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

    पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा सारु अध्यक्षमा निर्वाचित भएका हुन् ।

    सारुले ४३५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शिव देवकोटाले ३२६ मत ल्याएका छन् । देवकोटा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट चुनाव लडेका थिए । बागमती प्रदेशमा ७६१ मत गणना भएको छ भने सिन्धुलीको मतगणना जारी छ । सिन्धुलीको मत गणना गर्नुअघि नै उनी विजयी घोषित भएका हुन् ।

    नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत ल्याए ।

    यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।

    सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।

    नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित एका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए ।

    अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाए । सचिवमा प्रदीप परियार र राजु पाठकले समान ९९ मत ल्याएर निर्वाचित भए ।

    यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसकेका थिए । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे ।

    कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे । महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।

    पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।

    नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् । दासले ३२ मत र उनका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित भएका छन् ।

    महासङ्घको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित भए ।

    नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुँदा उनका प्रस्पर्धी सञ्जीवकुमार झाले ४० मत ल्याए । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी वरुणा कर्णले ४७ मत प्राप्त गरे ।

    सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गरे । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत ल्याए । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत पाए ।

    कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाए । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।

    प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भए भने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित भएका छन् ।

    नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भएका छन् । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गरे । सोलुखुम्बुमा १७ वर्षपछि प्रेस युनियन नेतृत्वमा फर्किएको हो ।

    निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरे । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भए ।

    यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता समेत हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक समेत रहेका बताइएको छ ।

    नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन्। धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थीले ४६ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए ।

    साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन्। सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन्। सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भएका छन्। साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन्।

    महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित भएकी छन् भने दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए।

    खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भए। निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए।

    प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य भोलि विहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ। केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित भएका छन्।

    नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आचार्य २६६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरेकी छन् । एसोसियट प्रदेशतर्फ ४७१ मत खसेकोमा ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer