• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्थानिय उत्पादन बढाउने प्रयासमा प्रदेश सरकार


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले कृषि पर्यटन प्रवर्धन कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम प्रभावकारी बनाउन लागेको हो । प्रदेशमा उत्पादित रैथाने उत्पादनको प्रवर्धन र उत्पादनमा जोड दिन कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । उत्पादित दाल, मह, स्याउ, ओखरलगायतका रैथाने बाली सजिलै उत्पादन स्थलमा अवलोकन गर्ने र

    Advertisement

    कोसेलीघरबाट खरिद गरी लैजान पाउने व्यवस्था गरिने छ । जिल्ला जिल्लाका कृषि विकास कार्यालयले कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।

    आव २०७९/८० बाट कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत कोसेलीघर निर्माण, मेला सञ्चालन गर्ने र स्थानीय उत्पादनलाई जोड दिने गरिएको प्रदेश सरकारले जनाएको छ । आव २०८०/८१ मा पनि उक्त कार्यक्रम कार्यान्वयन गरिएको थियो । चालु आवमा नीतिमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । यो वर्षदेखि कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । १० वटै जिल्लाबाट यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव पेस भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार चालु आवबाट कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

    अघिल्ला वर्षहरूमा पर्यटन प्रवर्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको थियो । यो वर्ष जिल्लामा उत्पादन हुने वस्तुको बजारीकरण र प्रवर्धनका कार्यक्रम गरिने भएको छ । जिल्ला जिल्लामा मेला, महोत्सवको आयोजना गरिने छ । चालु आवमा प्रदेश सरकारले नयाँ मोडालिटीमा कार्यक्रम कार्यान्वयनको योजना बनाएको छ ।

    पालिकापिच्छे किसान पाठशाला

    प्रदेश सरकारले यो वर्ष किसान पाठशाला सञ्चालन गर्ने भएको छ । सरकारले कर्णालीका सबै स्थानीय तहमा किसान पाठशाला सञ्चालन गर्ने भएको हो । स्थानीयस्तरमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादनको प्रविधि प्रसारका लागि ‘एक पालिका, एक किसान पाठशाला’ सञ्चालन गरिने मन्त्रालयका प्रवक्ता कठायतले जानकारी दिनुभयो । किसानको पहुँच अभिवृद्धि गर्न प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन, ढुवानी तथा बिक्री मूल्यमा अनुदान दिने नीति सरकारको छ । किसानलाई कार्यस्थलमा प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग सञ्चालन गर्ने कार्यक्रम अघि सारेको सरकारले प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कृषि क्वारेन्टाइन राख्ने छ ।

    बिमा योजना

    सरकारले कृषि, पशु र जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको छ । प्राकृतिक प्रकोपबाट कृषि बाली र पशु चौपायामा हुने क्षतिको जोखिम न्यूनीकरण गरी युवाको कृषि तथा पशुपालन व्यवसायमा आकर्षण बढाउन बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ को आकर्षक नारासहित सुरु गरिएको कर्णालीको अर्गानिक कृषि अभियानलाई सफल बनाउन कृषि पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति छ ।

    यस्तै सरकारले कर्णाली प्रदेशभर उत्पादित खाद्यान्नलगायतका वस्तुको सूची तयार गर्ने छ । सरकारको नीति तथा कार्यक्रममा रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणमा सहयोग पु¥याउन प्रदेश सरकारको आयोजनामा हुने कार्यक्रममा प्रदेशबाट उत्पादित खाद्यान्न तथा अन्य वस्तुको सूची तयार गरी त्यस्तो उत्पादनलाई अनिवार्य प्रयोगमा ल्याउने जनाइएको छ ।

    चालु आवमा प्रदेश सरकारले किसानलक्षित कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । केही नयाँ कार्यक्रमका रूपमा राखिएको छ भने केही पुराना कार्यक्रमलाई समेत नयाँ ढाँचामा सञ्चालन गर्न लागिएको हो । कर्णालीमा कृषिमै आश्रित सङ्ख्या ठुलै छ । उत्पादनमा भने आत्मनिर्भर हुनसकेको छैन । सरकारी तथ्याङ्ककै आधारमा कर्णालीका ३० प्रतिशत घरपरिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर छन् ।(गोरखापत्रबाट)

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer