• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अलैँची प्रतिमन एक लाख १० हजार माथी, ग्रामीण अर्थतन्त्र उकास्दै अलैँची


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पूर्वी पहाडी गाउँहरुका किसानमा यतिबेला निकै उत्साह थपिएको छ । पछिल्लो साता १२ वर्षयताकै उच्च मूल्य (प्रतिमन एक लाख १० हजारमा रुपियाँ) मा कारोबार भइरहेको अलैँचीले गर्दा अहिले पूर्वी पहाडका गाउँ गाउँको आर्थिक क्षेत्र निकै चलायमान भएको छ ।

    Advertisement

    अलैँचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान त अझ हौसिएको माई मझुवाका किसान गिरिराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटक बिरुवा लगाएर छाडिदिने होइन, यसलाई पनि पटक पटक मलजल, गोडमेल, बगानको सरसफाइ गर्नु आवश्यक छ । जाँगर चलाउँदा अब पैसाकै लागि बिदेसिनुपर्ने अवस्था छैन भन्ने अलैँची खेतीले प्रमाणित गरेको छ । यस वर्ष अलैँचीको मूल्य राम्रो भयो, यस्तै भाउ कायम रहे धेरै युवाले गाउँघरमै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ ।” केहि समय अगाडी छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानहरुमा यतिबेला भने निकै उत्साह थपिएको छ ।

    खनालले ४५ रोपनी जमिनमा अलैँची खेती गर्नुभएको छ । यो बगानमा गत वर्षभन्दा दोब्बर अलैँची यस वर्ष फलेको खनालले बताउनुभयो । करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका–२ को वडाध्यक्षसमेत हुनुभएको थियो । खनाल केही महिनाअघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत हुनुहुन्थ्यो । राजनीतिमा लागेर जनप्रतिनिधि भए पनि आफैँ स्वरोजगार बन्नु पर्छ र गाउँमै खेतीकिसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागि परेको खनाल बताउनुहुन्छ ।

    पूर्वी पहाडमा नगद आर्जनको राम्रो स्रोत बनेको अलैँचीको मूल्य करिब एक महिनायता अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँमा आएर स्थिर रहेको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँबाट करिब ७० प्रतिशत अलैँची बजार आइसकेको छ ।

    जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँबजार, मङ्गलबारेलगायत बजारमा अलैँचीको कारोबार भइरहेको छ । सन्दकपुर, माईजोगमाई, देउमाई, रोङलगायतका पालिकामा अलैँची उत्पादन धेरै हुने गरेको छ ।

    जिल्लामा बर्सेनि तीन अर्ब रुपियाँको हाराहारीको अलैँचीको कारोबार हुने गरेको अनुमान गर्न सकिने वाणिज्य सङ्घका अध्यक्ष पौड्याल बताउनुहुन्छ । पौड्यालका अनुसार २०७९ सालमा इलाममा अलैँची प्रतिमन ३२ हजार रुपियाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैँचीको मूल्य अहिले एक लाख १० हजार रुपियाँ पुगेको हो । १० वर्षअघि पनि अलैँचीको मूल्य प्रतिमन लाख रुपियाँ नाघेको थियो ।

    मूल्य उच्च भएसँगै अहिले किसानले अलैँची खेती विस्तारका लागि बारी तयार गर्ने, बिरुवा उत्पादनका लागि ब्याड राख्ने जस्ता काम थालेको बताइएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती हुने गरेको अलैँची विकास केन्द्र पान्दामले जनाएको छ ।

    यता चालु आव २०८१/८२ को मङ्सिरसम्ममा तीन अर्ब ४५ करोड ६३ लाख ४७ हजार रुपियाँ मूल्य बराबरको २० लाख ७४ हजार पाँच सय किलो अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।(गोरखापत्रबाट)

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer