• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घरबास, महिलालाई आत्मनिर्भर बनाउदै


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्यटन व्यबसाय नेपालका लागी नयां होईन । पछिल्लो समय देशमा वाह्य मात्र हैन आन्तरिक पर्यटनको पनि त्यत्तिकै चहल-पहल छ यहां । आन्तरिक पर्यटकले निक्कै रुचाएका छन, घरबास (होमस्टे) । नवलपुरको कावासोती क्षेत्रका महिलालाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन, कारण हो घरबास । घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले यहाँका महिलालाई आत्मनिर्भर बनाएको छ । घरबासमा महिला आबद्ध भएपछि परदेशमा भएका पुरुष घर फर्किएका छन् । घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । विगतमा खेतीपाती, पशुपालनलगायतका काममा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुने गरेका छन् ।

    Advertisement

    स्थानीय धनमाया महतो कावासोती अन्तर्गत बाघखोरमा रहेको ‘हमार गाउँ दिगो पर्यटन’ सहकारीमा पुग्दा कम्प्युटरमा बचतको रेकर्ड राख्न व्यस्त देखिनुहुन्छ । दिनभरि सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त हुने धनमायाले बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो तर अहिले समय फेरिएको छ ।”

    २०७० सालदेखि गाउँमा घरबास सञ्चालनमा आएपछि यहाँका महिलाको जीवन फेरिएको उहाँले अनुभव सुनाउनुभयो । अमलटारी मध्यवर्ती सामुदायिक घरबास यहाँका ३३ घरमा सञ्चालन भएको छ । गाउँमा भएका किराना पसलदेखि ३३ वटा घरबासमा पर्यटकलाई आवश्यक पेयपदार्थ उहाँको डिलरबाट नै बिक्री हुने गर्छ । घरबास र सहकारीबाट मात्रै मासिक ६० हजार रुपियाँ कमाइ हुने महतोले बताउनुभयो ।

    ११ वर्षअघि घरबास सञ्चालन गरेपछिको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “पहिले अरूसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले हामीलाई बोल्न पनि सिकायो ।” आफ्नो संस्कृति र भेषभूभूषाको संरक्षण गर्दा पर्यटन विकाससंगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती वडा नम्बर १५ मा १८ घरबाट सुरु भएको घरबास अहिले ३३ घरबास सञ्चालनमा आएको पिङ्की महतोले बताउनुभयो । वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रका रूपमा मात्र होइन, अहिले थारू संस्कृतिलाई पनि जोगाउँदै आएको महतोले बताउनुभयो ।(गोरखापत्रबाट)

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer