• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बैङ्कर्स सङ्घमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष कोइराला


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न सङ्घको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहनुभएका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उहाँ यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो ।

    Advertisement

    कार्य समितिको उपाध्यक्षमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सदस्यहरूमा​ प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सानिका बैङ्कका प्रमुख कार्यकारी अधिकृत ​निश्चलराज पाण्डे, ​​​प्राइम कमर्सियल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत ​रामचन्द्र खनाल, एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय रहनुभएको छ ।

    ​​साथै निवर्तमान अध्यक्ष सुनील केसी कार्यसमितिको पदेन सदस्यका रूपमा रहनुहुने छ । पूर्वअध्यक्षहरू अशोकशमशेर ज.ब. राणा र ज्ञानेन्द्रप्रसाद ढुङ्गाना कार्यसमितिको सल्लाहकार रहनुहुने सङ्घले जनाएको छ ।

    साधारण सभाको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैङ्कहरूले सबैखाले अप्ठ्यारा सहन सक्ने क्षमता राखेको भन्दै प्रशंसा गर्नुभयो ।

    पछिल्लो समय ऋण असुलीमा समस्या देखिएकाले प्रोभिजनिङ बढाएको उल्लेख गर्दै उहाँले राष्ट्र बैङ्कले लाभांश रोक्न प्रोभिजनिङ बढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ऋण दिँदा नै विचार पु¥याएका बैङ्कले अहिले पनि २५ प्रतिशत लाभांश दिँदै छन् ।”

    अनुमानयोग्य अवस्थाका आधारमा केन्द्रीय नीति तय गर्ने भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रको रक्षा र प्रवर्धन नै आफूहरूले सोच्ने उल्लेख गर्नुभयो । समग्र अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा माग बढेको जानकारी दिनुभयो ।

    आगामी दिनमा क्रमिक सुधार हुने र यसले बैङ्क तथा वित्त क्षेत्रमा ठुलो उत्साह आउने भन्दै आशावादी हुन आग्रह पनि गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कोइरालाले आफ्नो नेतृत्वको समिति समग्र बैङ्किङ क्षेत्रको उत्थानमा लाग्ने बताउनुभयो ।

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer