• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोशी प्रदेशलाई आयुर्वेदकाे केन्द्र बनाइने


  •   बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदलले यस विषयमा सुझाव पेश गरिसकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्नका लागि आयुर्वेद पर्यटनलाई पनि जोड्न खोजिँदैछ ।

    Advertisement

    आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धानका लागि कोशी प्रदेशलाई मुख्य केन्द्रको रुपमा विकास गर्न कार्ययोजनासहित आवश्यक सुझाव लिनका लागि प्रदेश सरकारले कार्यदल बनाएको थियो । कार्यदलले सुझाव दिइसकेकाले अब कार्यान्वयनमा लैजाने उहाँले जनाउनुभयो ।

    कार्यदलले कोशी आयुर्वेद विज्ञान प्रतिष्ठान बनाउन र त्यसको सञ्चालनका लागि कार्ययोजना पेश गरे अनुसार प्रक्रिया अघि बढ्ने बताइएको छ ।

    प्रदेश सरकारले लगातर दुई वर्ष अघिदेखि प्रतिष्ठान बनाउनका लागि आवश्यक प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख गर्दै आएको थियो । आफैं आत्मनिर्भर बन्ने र प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी प्रतिष्ठान बनाएर जनशक्ति उत्पादनदेखि आयुर्वेद उपचारपद्धतिलाई विश्वासिलो रुपमा अघि बढाउन अपनाउनुपर्ने विधि प्राप्त भइसकेकाले अब प्रदेश सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्न कार्कीले बताउनुभएको छ ।

    डा. खेमराज कार्कीको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझाव अनुसार यसै आर्थिक वर्षदेखि कार्यप्रारम्भ गर्न सकिने अवस्था छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाहरूलाई वैज्ञानिक, प्रभावकारी र सर्वसुलभ बनाई आयुर्वेदलगायत अन्य चिकित्सा पद्धतिमार्फत गुणस्तरीय सेवा प्रदान गर्न वैज्ञानिक र समयसापेक्ष ज्ञान र सिप भएको जनशक्ति उत्पादन जोड दिइएको छ ।

    कार्यदललाई कोशी आयुर्वेद प्रतिष्ठानको स्थापना, विद्यमान आयुर्वेदको सेवाको गुणस्तर वृद्धि गर्ने, जडीबुटी तथा खनिज द्रव्यहरूको पहिचान, उत्पादन, औषधी निर्माण र बजारीकरण जस्ता विषयमा सुझाव पेश गर्न कार्यादिश प्राप्त भएकोले सो कार्यदेशको परिधिमा रही ३ महिना लामो अध्ययन तथा छलफलको अधारमा सरकारलाई सुझाव प्रदान गरिएको कार्यदलका संयोजक कार्कीले बताउनुभयो ।

    “गुणस्तरीय स्वास्थ्य सेवा र नवीनतम खोज अनुसन्धान गर्ने गरी आयुर्वेद विज्ञानमा दक्ष तथा सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने जिम्मेवार विभिन्न तहका जनशक्ति उत्पादन गर्न कोशी आयुर्वेद विज्ञान प्रतिष्ठानको स्थापना गर्न उपयुक्त हुने सुझाव दिएका छौं”, लखनपुर प्रादेशिक आयुर्वेद अस्पतालका निमित्त निर्देशक एवं कार्यदलका सदस्य सचिव डा.सिद्धार्थ ठाकुरले भन्नुभयो ।

    झापा कमल गाउँपालिका लखनपुरमा २ बिघा जमिनमा स्थापना गरिएको ५० शैया क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालको आधुनिक संरचनालाई आधार बनाएर आयुर्वेदसम्बन्धी विशेषज्ञ तालिमदेखि छोटो अवधिका तालिम कार्यक्रमहरू अहिले नै संचालन गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

    शैक्षिक कार्यक्रमहरू संचालनका लागि कम्तिमा १५० शय्या क्षमताको अस्पतालसहित ३ बिघा क्षेत्रफलमा शैक्षिक भवनहरू भएको संरचना चाहिने औंल्याइएको छ । प्रतिष्ठानको दीर्घकालीन सम्भावनाहरूलाई ध्यानमा राख्दा करिब ५ बिघा जमिनसहित ३०० शैया क्षमताको आधुनिक अस्पतालको आवश्यकता पर्ने र यसको सुनिश्चितता पहिलो वर्षमा नै गरिनुपर्छ, प्रतिवेदनमा भनिएको छ ।

    “पञ्चकर्म, योग तथा मसाज, क्षारसूत्र आयुर्वेदसँग सम्बन्धित छोटो अवधिका तालिम कार्यक्रम तत्कालै सञ्चालन गर्न सकिने सुझाव दिइएको र यो तत्कालै कार्यान्वयन गर्न सकिने कार्यदलका सदस्य डा. मिथलेशकुमार शाहले बताउनुभयो । देशमा अभाव रहेको जनशक्ति र विषय विज्ञको उपलब्धतालाई हेरेर नियमन निकायको अनुमतिमा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्न सकिने अवस्था छ”, उहाँले भन्नुभयो ।

    प्रतिष्ठान सञ्चालनका लागि २ सय ३२ जना शिक्षक कर्मचारीहरू आवश्यक रहको प्रतिवेदनमा छ । प्रतिवेदनमा प्रतिष्ठानको मुख्य संरक्षक मुख्यमन्त्री रहनसक्ने पनि प्रस्ताव गरिएको छ ।

    बिहिबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer