काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजको शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मतरूपमा सुनिता कार्की कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का, सह-सचिवमा प्रसन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा रहेका छन् ।
Advertisement
सदस्यमा विष्णु रैगाई, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमल्सिना चयन भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिनुभएको छ । यसअघि समाजको अध्यक्षमा जीवन बस्नेत हुनुहुन्थ्यो ।




