• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पदमार्ग खोजी, प्रवर्धन र संरक्षणमा गुरुङ पर्यटन व्यवसायी, सिक्लेस–कपुचे–कर्पुुडाँडा–याङ्जाकोट पदमार्ग प्रवर्धन गरिदै


  •   शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्यटनको अपार संभावना भएको देश हो नेपाल । यहांको प्राकृतिक बिबिधतासंगै लुट्पुटिएको सांस्कृतिक बिबिधतालाई उजागर गर्न सकेमा पर्या-पर्यटनको अर्को ढोका खुल्नेमा दुईमत नहोला । यस्तै नविन पहल थालेको छ गुरुङ पर्यटन व्यवसायी संघले । संघले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुुचे–क्होलासोँथर–कर्पुुडाँडा–याङ्जाकोट हुँदै पुनःपोखरा जोडिने गरी उक्त खण्डको पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

    Advertisement

    जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यसअघि खोज एवं अनुसन्धान गरिएको गुुरुङ सम्पदा पदमार्गअन्तर्गत यस खण्डमा आजदेखि पुुस १३ गतेसम्म प्रवद्र्धन गर्न लागिएको गुुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुुमारी गुुरुङले जानकारी दिए । “यस आर्थिक वर्षमा विभिन्न तीन चरणमा पदमार्गअन्तर्गका तीन वटा रुटको प्रवद्र्धन गर्ने योजनाअन्तर्गत पहिलो चरणमा यस खण्डको प्रवद्र्धन गर्न लागेका हौँ”, उनले भने, “दोस्रो चरणमा क्होलासोँथरबाट घलेगाउँ–घनपोखरा–भुजुुङ–पसगाउँ–ताप्रो हुँदै क्होलासोँथरबाट सिक्लेस हुँदै पोखरा र तेस्रो चरणमा मस्र्याङ्दी गाउँपालिकाबाट घनपोखरा–मैदुु–थुुर्जुु–कोप्लेक खर्क–सिउरुङ–हरसिंङडाँडा हुँदै पोखरासम्मको पदमार्ग प्रवद्र्धन गरिने योजना छ ।”

    सडक सञ्जालको विस्तारसँगै पर्यटकीय पदमार्ग हराउने र छोटिनेक्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा यस पदमार्गको स्थलगत अध्ययन अनुसन्धान पछि पदमार्गको औपचारिक रुपमा घोषणा गरिएको जनाउँदै उनले अब यस मार्गलाई प्रवद्र्धन गर्न थालिएको जानकारी दिए ।

    प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्गका ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानि नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने सङ्घले जोड दिएको उनले बताए । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुुरुङले आजदेखि सुरु हुने प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटन व्यवसायी, पथप्रदर्शक, सञ्चारकर्मीसहित ४५ जना सहभागी बन्दैछन् ।

    कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड र मादी गाउँपालिकाले रु तीन/तीन लाख र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गुुरुङ पर्यटन व्यवसायी सङ्घले रु दुुई/दुई लाख विनियोजन गरेको उनले जानकारी दिए ।

    यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीमा फैलिएको बताउँदै उनले भने, “गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ ।”

    क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताउँदै उनले यस पदमार्गअन्तर्गत कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथा सुन्न पाइने जानकारी दिए ।

    खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरिएको बताउँदै उनले यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउनसक्ने बताए ।

    प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको यस पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु महत्वपूर्ण विशिष्टता हो ।

    सिक्लेसबाट कपुुचे, कोरी हुँदै क्होलासोँथरसम्म पुुग्ने यो पदमार्ग आफैँमा धेरै सम्भावना बोकेको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुरुङले बताए । पदमार्गअन्तर्गतको कपुचे हिमताल विश्वकै कम उचाइको हिमताल रहेको जनाउँदै उनले यसको उचाई दुुई हजार चार सय ५० मिटर रहेको जानकारी दिए ।

    पदमार्गअन्तर्गतकै कोरी अक्षांश र देशान्तर अनुसार नेपालका्े मध्यविन्दुुका रुपमा रहेको उल्लेख गर्दै उनले क्होलासोँथर गुरुङ समूदायको महत्वपूर्ण पैत्रिक थलोका रुपमा प्रसिद्ध रहेको बताए ।

    यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधिजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गी यहाँको विशष्टिता हुन् ।

    यस पदमार्गमा जटामसी, सतुवा, पाँचऔँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ । डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।

    यस पदमार्गको प्रवद्र्धनले यहाँको पर्यटकीय महत्वलाई उजागर गर्ने बताउँदै वडाध्यक्ष गुुरुङले यो पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्प बन्ने बताए ।(केन्द्रविन्दु)

    शनिबार, पुष ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer